काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेनन् भनेर सार्वजनिक रुपमा नभन्न आग्रह गरेकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै कोइरालाले अन्य सदस्यहरुलाई यस्तो आग्रह गरेकी हुन्।
साथै सदस्य कोइरालाले सार्वजनिक रुपमा त्यसो भने पार्टीलाई क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्। ‘सरकारमा हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ। उहाँहरुको कुरा सार्वजनिक रुपमा बोलिरहेका छौँ। मन्त्रीहरुले केही गर्नुभएन भनिरहँदा कांग्रेसलाई नै असर गर्छ,’ सदस्य कोइरालाले भनिन्।
उनले पदाधकारीहरुको बैठकमा बोलाएर मन्त्रीहरुसँग छलफल गर्न पनि आग्रह गरेकी छिन्। ‘म पदाधिकारीलाई आग्रह गर्न चाहन्छु, हाम्रा मन्त्रीहरुलाई बोलाएर पदाधिकारीको बैठकमा छलफल गर्ने वातावरण बनाओस् भन्ने आग्रह गर्न चाहन्छु,’ कोइरालाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।