काठमाडौं– बोल्न नसक्ने (फरक क्षमता भएकी) एक जना ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका– १२ का ६० वर्षीय राना साइला भनिने सोमबहादुर लुम्बा रहेका छन्।
शुक्रबार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने परिवारको उजुरीका आधारमा उनलाई खोज तलास गर्ने क्रममा शुक्रबार राति ११ बजेतिर पक्राउ गरिएको हो।
पीडित बालिकालाई उपचारका लागि कलैया प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।