काठमाडौं– यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्र पाएको छ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज आयोजित कार्यक्रममा २ लाख राशीको पुरस्कारबाट वृद्धाश्रमलाई पुरस्कृत गरेको हो।
प्रशान्ति वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ। कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोरलाई सम्मानित गरिएको थियो।
यस्तै, १–१ लाख राशीका रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट अन्य ३ संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित नवजीवन परोपकार समाज, कैलालीको धनगढी उपमहानगरपालिका १ स्थित दृष्टि फाउन्डेसन र तारकेश्वर नगरपालिका ३ कै मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह छन्।
पुरस्कृतहरुलाई ज्येष्ठ नागरिक अभियन्ता गौरीशंकर लाल दासले सम्मान गरेका थिए। रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ देखि दुई लाख राशीको पुरस्कार र सम्मान प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाख राशीको पुरस्कार र सम्मान दिन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।