काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्।
सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो। महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहोर्याए।
शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए।
महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे। उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ। यो हेक्का राखिराख्नुस्। नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ। यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ। त्यसले मात्रै बुझ्नसक्छ त्यो। निशर्त दाउमा राखेर लडने मानिसले मात्रै बुझने कुरा हो नि यो। सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन। हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्याएको छ।’
महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए। जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।