काठमाडौं– दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ। यस्तै दुई जना घाइते भएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरामा खुकुरी प्रहारबाट भगवती टोलकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे २ बजेतिर स्थानीय टकेबहादुर हमालले खुकुरी प्रहार गरेका हुन्। लामिछानेको घटनास्थलमै मृत्यु भएको हो।
आफ्नै घर अगाडि रहेकी रितालाई एक्कासी आएर हमालले खुकुरी प्रहार गरेका थिए। उक्त घटनामा ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमाल घाइते भएका छन्।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। टेबहादुरलाई भने प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।