काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याएका छन्।
आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे।
श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उनले बताए।
मन्त्री राईले श्रम महान चीजको भन्ने कुरा स्थापित नभएसम्म युवाहरुले मुलुक भित्रै श्रम गर्ने बानीको विकास हुन नसक्ने बताए।
शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको मन्त्री राईले गुनासोसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।