काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्वगृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारागारमै पुगेर भेट गरेका छन्। शनिबार बिहान ९ बजे देखि ९:३० सम्म दुई नेताबीच आधा घन्टा भेटघाट भएकाे हाे।
खाणलाई भेट्न काेइराला दाेस्राेपटक कारागार पुगेका हुन्। काेइराला यसअघि साउन ३१ गचे पनि खाणलाई भेट्न कारागार पुगेका थिए।
खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।