काठमाडाैं- सरकार र आन्दोलनरत शिक्षकबीच शुक्रबार सहमति भएको छ। भदौ २७ मा संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर असन्तुष्ट शिक्षकहरूले असोज ३ गतेबाट राजधानी केन्द्रित आन्दोलन गरिरहेका थिए।
गृह मन्त्रालयमा शुक्रबार भएकाे बैठकमा संसद्मा दर्ता विधेयक संशोधन गर्ने ६ बुँदे सहमति भएको हाे। सरकारले संसद्मा दर्ता भएको विधेयकमा शिक्षकका मागहरु समेट्ने प्रतिबद्धता जाहेर गरेको छ।
शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बनाएर विधेयक संशाेधनकाे प्रक्रिया अघि बढ्नेछ।
आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएकाे छ।
यी हुन् शिक्षक र सरकारबीच भएका सहमति



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।