काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको गठबन्धन पाँच वर्षसम्म निरन्तर चल्ने दाबी गरेका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो दाबी गरेका हुन्।
‘यो गठबन्धन मुलुकको आवश्यकता हो। यो निरन्तर पाँच वर्ष चल्छ,’ कार्कीले भने, ‘यो मुलुकको आवश्यकता पनि हो।’
अहिले छापाहरूमा धेरै समाचार आएको भन्दै सरकार टिक्नु मुलुकको आवश्यकता भएको बताए।
उनले यदि यो सरकार निरन्तर रुपले नचले देशमा अन्योल आई समाजमा निरासा बढ्ने र त्यसको जगमा देशको राजनीति अर्कै दिशामा केन्द्रित हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।