• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘क्लासिक एकेडेमी फेस्ट’ : एकै थलोमा गुन्जिएका अनेक प्रतिभा

64x64
समर्पण श्री सोमबार, असोज १, २०८०  १९:४०
1140x725

काभ्रे– पनौती नगरपालिकाको हलमा सरकारपक्ष र प्रतिपक्षी ‘सांसद’बीच बहस चलिरहेको थियो।

सत्तापक्षीय दलकी ‘सांसद’ प्रतिपक्षी दलका सांसदलाई प्रतिप्रश्न गर्दै थिइन्, ‘तपाईं पनि एउटा जनप्रतिनिधि हो। अहिले जातीय र लैंगिक भेदभाव कति बढिरहेको छ? त्यो सुधार्नतिर लाग्नुस्।’

उनले सन्दर्भ जोड्दै विभिन्न उदाहरण पेस गरिन्, ‘व्यावहारिक ज्ञानले मात्र राजनीति सफल हुँदैन। राजनीति गर्ने मान्छे शिक्षित हुनुपर्छ।’

मञ्चमा सरकारपक्षको माथिल्लो सदन र सरकार पक्षको तल्लो सदन छुट्टिएको थियो। बहसमा उत्रिएका ‘सांसद’हरू बोलिरहँदा अर्कोले आपत्ति जनाउँथ्यो। ‘सांसद’हरू असहमति ध्यानपूर्वक सुनेर जवाफ दिन्थे। कहिलेचाहिँ आपत्ति भनेर हात उठाइहालेमा वक्ताले ‘बहिष्कार’ भन्दै आफ्ना कुरा राख्थे।

सुरुदेखि नै बहस सुनिरहेका दर्शकहरू आपसमा कुराकानी गर्दै भन्थे, ‘साँच्चै संसद भवनहरूमा यस्तो स्वस्थ बहस कहिले हुन्छ होला!’

अर्कोले भन्दै थिए, ‘विद्यार्थीहरूले सांसदहरूबाट सिक्नुपर्ने हो। तर हाम्रा सांसदहरूले बोल्नचाहिँ विद्यार्थीबाट सिक्नुपर्ने देखियो।’

सरकार पक्षीय र प्रतिपक्षका सांसद बनेर बहस गरिरहेका माविका विद्यार्थीहरू पनौती नगरपालिकाभित्रका स्कुलहरूबाट प्रतिनिधित्व गरेर प्रतिष्पर्धामा उत्रिएका थिए। पटक पटकको बहसबाट छानिएर आएका मध्ये चार स्कुलका विद्यार्थीबीच फाइनल प्रतिष्पर्धा थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिष्पर्धीहरू प्रष्ट र प्रखर वक्ताका रुपमा प्रस्तुत भएका थिए।

संसदीय बहसको अभ्यास सकिनासाथ प्रतिपक्ष बनेकाहरूले सत्तापक्षसँग आत्मीयता साटासाट पनि गरे।

शनिबार र आइतबार पनौती नगरपालिकामा भएको २ दिने ‘क्लासिक एकेडेमी फेस्ट २०८०’को दृश्य हो यो। तर दृश्य संसदीय बहसको मात्र थिएन।

सामुदायिक बोर्डिङ स्कुल र नगरपालिकाका विभिन्न कोठाहरूमा विविध विधाका विद्यार्थीहरू हुटहुटीका साथ बसिरहेका थिए। कविताको कोठामा कोही विद्यार्थी झ्यालबाहिरबाट पनौतीको फाँट नियालिरहेका थिए। कोही विद्यार्थी कविताको पंक्तिहरू उत्साहका साथ लेखिरहेका थिए। ‘मातृभूमि’माथि उनीहरू कविता लेख्दै थिए। 

कुनै कोठामा निबन्धको हरफ कोरिँदै थिए त कुनै कोठामा कथाका तान बुनिइरहेका थिए। कुनै कोठामा रङ र कल्पनाको संयोजनबाट सुन्दर चित्रहरूले आकार लिँदै थिए। कुनै कोठामा हिज्जे र हाजिरी जवाफमार्फत् आफूभित्रको ‘गुगल’लाई प्रतिष्पर्धीहरू छामिरहेका थिए। वक्तृत्वकलाको सेसनमा विद्यार्थीहरू आफ्नो वाक् कलालाई आत्मविश्वासका साथ तिखारिरहेका थिए।

मेलामा सहभागी भएर कथा लेखनमा प्रथम भएकी सफलता स्याउलाको लागि यो परिणाम अनपेक्षित थियो। ‘म कथा उपन्यास पढ्थेँ। तर यसरी लेख्न सक्छु भन्ने विश्वास यहाँ आएपछि भयो,’उनले भनिन्।

कविता वाचनमा सहभागी भएका छात्र समीर बोलखेलाई पनि यसपालिबाट कविता लेख्ने आत्मविश्वास बढ्यो। ‘अब त लेख्न सक्छु भन्ने लागेको छ। राम्रो लेख्नका लागि राम्रा पुस्तक पढ्नुपर्छ भन्ने पनि ठानेको छु।’

मेलाबाट कतिपय विद्यार्थीहरूले आफ्नो प्रतिभालाई चिने, त कतिपयले आफ्नो रुचिलाई व्यक्त गर्ने अवसर पाए।

मानसिक स्वास्थ्यका कुरा
‘कठै! हामीले त पढ् मात्र भन्छौँ बच्चाहरूलाई,’ विद्यार्थीहरूले गरेको नाटक हेरिरहेका एक अभिभावकले अर्कोसँग संवाद गरे, ‘किन विद्यार्थीहरूले आत्महत्या गर्दा रैछन् त। यिनीहरूले छर्लंगै बनाए।’ 

आइतबार फाइनलमा पुगेका ५ समूहबाट विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए। उनीहरूले मानसिक स्वास्थ्यमाथिको सवाललाई उठाएका थिए। उनीहरूको नाटकले प्रवाह गरेको सन्देश थियो, 'अभिभावकले सन्तानलाई गृहकार्य गर्न मात्र दबाब दिइरहनु, रिजल्टमा आउने अंकमा मात्र चासो राख्नुमात्र जिम्मेवारी हैन। उनीहरू कुन मनस्थितिबाट गुज्रिरहेका छन्, त्यो कुरामा ध्यान दिनु, उनीहरूसँग निरन्तर संवाद गर्नु र अवस्थालाई बुझ्नु असल अभिभावकको धर्म हो।’

बालबालिका कसरी दुर्व्यवहारको सिकार भइरहेका छन्? नाटकमा विद्यार्थीहरूले कलात्मक ढंगले यसलाई प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूका लागि हरेक विधाको कक्षामा कार्यशाला पनि सञ्चालन पनि गरिएको थियो।

शैक्षिक विकासमा जोड
नगरपालिकाका प्रमुख रामशरण भण्डारी आइतबार दिनभरि विद्यार्थीहरूको प्रतिभालाई नजिकबाट नियालिरहेका थिए। व्यस्त समयतालिकालाई पन्छाएर त्यो दिन बालबालिकाहरूकै प्रस्तुतिमा रमाउन आइपुगेका थिए उनी। नगरका अन्य प्रतिनिधि पनि कार्यक्रममा थिए। ‘समय त प्याक छ। सबै कार्यक्रम छाडेको छु। तर जनप्रतिनिधि बालबालिकाको अभिभावक पनि हो। हामी बस्दा मात्र पनि उहाँहरूमा उत्प्रेरणा मिल्छ,’ नगरप्रमुख भण्डारीले भने।

उनी यो शैक्षिक मेलालाई नगरपालिकाले नेतृत्व लिनुको कारण पनि खुलाउँछन्। ‘हामीले विद्यार्थीको व्यक्तित्व विकासमा योगदान पुर्याउन सक्यौँ भने भोलि स्वस्थ समाजको निर्माण हुन्छ। पालिका आफैंले इनिसियसन लिँदा यसको महत्व बढेर जान्छ,’ उनी भन्छन्।

यो कार्यक्रमबाट संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूको अन्तरघुलन भएको अनुभव उनले गरेका छन्। नगरप्रमुख भण्डारी भन्छन्, ‘यो कार्यक्रमलाई  हामी निरन्तरता दिन्छौँ।’

मेलामा नगर बालक्लब सञ्जालका सदस्यहरूको विशेष अग्रसरता थियो।

नगरपालिकालाई ‘क्लासिक एकेडेमी फेस्ट २०८०’मा प्राविधिक सहयोग बहसकर्ता नेपाल र दिगो विकासका लागि राष्ट्रिय युवा सन्जालले गर्यो। बहसको थालनी बहसकर्ता नेपालले सन् २०१७बाट गरेको थियो।

‘हरेक विद्यार्थीले आफ्नो रुचि पहिल्याउन् र प्रतिभालाई निखारून् भन्ने उद्देश्यले यसको सुरुवात गरेका हौँ,’ बहसकर्ता नेपालका प्रतिनिधि धीरज जोशीले भने।

कार्यक्रम संयोजक सञ्जीव न्यौपानका अनुसार काभ्रेमा यो फेस्टको विभिन्न संस्करण यसअघि पनि आयोजना गरिएको थियो। ‘यो कार्यक्रम निकै प्रभावकारी देखियो। यो अभ्यासलाई हामी अन्य नगरपालिकामा पनि निरन्तरता दिनेछौँ,’उनले भने।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो । मंगलबार, साउन २६, २०८३
साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र [फोटोफिचर] सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्