काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ। जिल्ला अदालतमा सरकारी वकिलले अभियोगपत्र पेस गरेको र त्यसको रुजु गर्ने कार्य चलिरहेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले बताए।
त्रिभुवन विमानस्थलबाट सुन तस्करी गरेर लैजाँदै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ किलो सुन प्रकरणमा अनुसन्धानमा देखिएका सबै पक्षलाई समावेश गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेस गरेको हो।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई फाइल जिम्मा लगाएको थियो।
उक्त फाइलमा अध्ययनपछि आइतबार कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। सीआईबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।