काठमाडौं– गैह्रीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका आरोपीले हत्या स्वीकार गरेका छन्।
सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनी अन्दाजी २१/२२ वर्षका हुन्। उनले कापीमा लेखेर हत्या स्वीकार गरेको प्रहरीले बताएको छ।
पक्राउपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर अपराध स्वीकार गरेका हुन्। उनी सिन्धुपाल्चोकका रहेको बताइएको छ।
साथै उनले सांकेतिक भाषामा कक्षा १२ समेत पास गरेको पाइएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।
मारिएकामध्ये मोरङका नवीन राईसँग उनको रिसीइबी रहेको र सोहीकारण हत्या गरेको बताएका छन्। अन्य तीन जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।