काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवास पुगेर समवेदना प्रकट गरेका हुन्।
अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदनापत्र हस्तान्तरण समेत गरे। संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको भदौ २६ गते हृदयाघातबाट निधन भएको थियो।
अध्यक्ष तिमिल्सिनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्ति प्रक्रिया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै नेम्वाङको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद एवं पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।