काठमाडौं- सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिएको हो।
मन्त्रिपरिषद्ले उक्त आयातका लागि ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ।
चाडपर्वलाई लक्षित गरी सरकारले उक्त निर्णय गरेको हो। केही दिनअघि एक सय रुपैयाँ किलो पाइने चिनीको मूल्य बढेर अहिले प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।