• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डान्समार्फत् सपना पछ्याइरहेका जेडी

64x64
समर्पण श्री शनिबार, भदौ ३०, २०८०  १३:५२
1140x725

बाल्यकालमा आँखा चिम्लनासाथ उनी धेरै थोक बनिसक्थे। कहिले हिरो बनेर पर्दामा आफूलाई नाचिरहेको पाउँथे। कहिले ब्रिटिस लाहुरेहरूको लाइनमा उभिएर लाहुर हिँडिरहेको। कहिले स्टेजमा चढेर गाना गाइरहेको। कहिले किसान बनेर बाली उब्जाइरहेको।

तर उनको दिलचस्पीचाहिँ नाच्नमा थियो। पारी गाउँमा बजेको गीत माइकबाट सुनिन्थ्यो। उठेर नाचिदिन्थे। अंकलहरूले उक्साउँदै भन्थे, ‘नाच जगदिश नाच।’

उनी झन्झन् नाच्थे। र नाचेर कहिल्यै थाक्दैनथे। जुन कुरामा उनी कहिल्यै थाकेनन्,  त्यसलाई जीवनको गन्तब्य मानेर अनवरत हिँडिरहे।

कोरियोग्राफर जेडी तमुले एक भेटमा पुराना दिनहरूबारे सम्झिएका थिए। आफू हिँडेको बाटोमा आएका आरोह र अवरोहबारे सुनाएका थिए।

०००

उनी गीत पनि गाउँथे। कक्षा १२ पढ्दाताका एकदिन भोकल कक्षा जोइन हुन उनी इलामबाट झापा पुगे।  जुन ठाउँमा भोकल सिक्थे, त्यहाँ डान्स पनि सिकाइँदो रहेछ। उनलाई त्यसअघि महोत्सवमा भएको नृत्यले खुबै आकर्षित गरेको थियो। सोचे, ‘अब डान्स पनि सिक्छु।’

तर सिक्नका लागि पैसा चाहिन्थ्यो। घरको आर्थिक अवस्था कमजोर थियो। ‘खाजा खान दिनुभएको पैसा जोगाएको थिएँ। त्यही पैसाबाट कक्षा जोइन गरेँ,’ उनी सम्झन्छन्।

jd1694849364.jpg

Ncell 2
Ncell 2
nimb
nimb

डान्स सिकेको कुरा एकदिन जेडीको आमाले थाहा पाइन्। थाहा पाएको दिन ‘छोरा बिग्रियो’ ठानेर निकैबेर रोइन्। ‘दु:ख गरेर पढाएको छोरा नाचेर हिँड्नेभयो,’ गाउँका मानिसहरूले मसला थप्दै भन्न थाले।

तर जेडीलाई रोकिनु थिएन। उनलाई अझै धेरै सिक्नु थियो। उनको सपना अब कलकत्तासम्म फैलिएको थियो। १ वर्ष आमालाई सम्झाउनमै बित्यो। ‘आमाले बुझ्नुभयो। अनि कलकत्ता जाने अनुमति दिनुभयो,’उनी सम्झिन्छन्। त्यसपछि जेडी कलकत्तातर्फ लागे।

०००

न अंग्रेजी राम्रो। न अन्य भाषामा पकड। कलकत्ताका सुरुवाती दिन उनका लागि सकसलाग्दा थिए। उनी पदातक कम्पनीका जागिरे थिए। कम्पनीमा डान्स सिकेर कम्पनीकै लागि डान्स गर्नुपर्दथ्यो। विस्तारै घुलमिल हुँदै गएपछि जेडी रमाउन थाले।

Xtrem

Xtrem

तर जब जब डान्स गर्दागर्दै घाइते हुन्थे  र बिरामी पर्दथे। त्यतिबेला घरको खुब याद आउँथ्यो उनलाई। एकपटक ढाडमा चोट लागेर एक महिना आराम गर्नुपर्दा उनी थुप्रैपटक रोए। डायरीमा नोट बनाए। नोट बनाउँदा नोटमै आँसु तप्प तप्प चुहिन्थे पनि। 

कहिले त सोच्थे, ‘म फर्कन्छु।’ तर सपना मारेर फर्कन मनले कहाँ दिन्थ्यो र! आफूले आफैंलाई सम्झाए। साथीहरूले पनि साथ दिए। 

तीन वर्षपछि सन् २०१४को अन्तिमतिर उनी घर फर्किए। फर्कँदा धेरै सपना बोकेर फर्किएका थिए। ‘मलाई लाग्थ्यो नेपालमा गएर अब म डान्समा धेरै परिवर्तन ल्याउन सक्छु। डान्स स्कुल खोल्छु। तर जुन रफ्तारमा आएको थिएँ। त्यो रफ्तार नेपाल फर्केपछि ब्रेक भयो,’ जेडी सुनाउँछन्। 

१ वर्ष उनी झापामै रुमल्लिए। त्यहीबेला उनको भेट कवि प्रकाश आङदाङ्बेसँग भयो। प्रकाशले जेडीलाई फोटोग्राफीसँग नजिक्याए। त्यही क्रममा जेडीले केही म्युजिक भिडिओमा पनि काम गरे।

झापाबाट काठमाडौं आएपछि सुनिल पोखरेलसँग नाटकको कक्षा पनि लिए। नेपालमा २ वर्ष बस्दा उनलाई लाग्यो, ‘डान्समा मैले सिक्न अझै बाँकी छ।’

उनलाई अब मुम्बई गएर ‘कन्टेम्पोररी डान्स’ अझै गहिराइमा सिक्नु थियो। त्यतिबेला उनलाई आफ्नो अभिव्यक्ति ‘कन्टेम्पोररी डान्स’मार्फत् गर्दा प्रभावकारी हुन्छ भन्ने विश्वास थियो। किनकि कलकत्तामा हुँदा उनले त्यो तय गरिसकेका थिए।

उनी मुम्बई गए।‘

मुम्बईले मलाई डान्सभन्दा बढी जीवन सिकायो,’ जेडी भन्छन्। मुम्बईको टेरेन्स स्कुलमा उनले २ वर्ष डान्स सिके।  ‘स्कुलबाट राम्रा डान्सरहरू सेलेक्ट गरेर प्रस्तुतिका लागि लैजान्थे। म सधैंभरि पहिलो प्राथमिकतामा पर्थेँ,’ जेडी भन्छन्।

२ वर्षपछि कोर्स सकेर उनी नेपाल फर्कने योजनामा थिए। त्यहीबेला भारतको म्युजिकल शो डिज्नी प्रोडक्सनको अलादिनमा अडिसन दिन साथीहरू जाँदै रहेछन्। साथीहरूको आग्रहपछि उनी पनि गए। उनी छनोट भए। ३ महिनाको त्यो शोमा उनी फ्रन्टलाइनर डान्सर थिए।

बिडम्बना! उनी डान्स गर्ने क्रममा स्टेजमै लडे। अचेत भएर २ दिनसम्म जेडीको आइसीयुमा राखेर उपचार भयो। के भएको हो, समस्या पत्ता लाग्न सकेको थिएन। ‘सबै ठीक छ भन्छन्। तर केही ठीक थिएन। त्यस्तो अवस्थामा मुम्बई बस्न सक्ने थिइनँ,’ उनी सम्झिन्छन्। जेडीले प्रकाश आङ्दाम्बेलाई फोन गरे। प्रकाशले प्लेनको टिकट काटिदिए। जेडी नेपाल फर्किए। 

नेपालमा उपचारका लागि उनले नधाएको अस्पताल सायदै थिए। तर रोग पत्ता लागिरहेको थिएन। पछि मनोचिकित्सकसँगको परामर्शपश्चात् थाहा भयो, उनलाई एन्जाइटी डिसअर्डर भएको रहेछ। ‘म मर्दैछु जस्तो मात्र लाग्थ्यो। तर बाँच्ने चाह बढेर आउँथ्यो। आफूलाई बलियो बनाउने उपाय खोज्न थालेँ,’ उनी सम्झिन्छन्।

उनलाई अध्यात्मले डोहोर्यायो। विस्तारै आफूभित्रको डर मर्दै भयो। आफूभित्रको समस्यालाई पराजित गर्दै लगे।  त्यसपछि पुन: नृत्यलाई अगाडि बढाए। त्यसपछि त उनलाई रियालिटी शोहरूमा कोरियोग्राफीका लागि प्रस्ताव आउन थाले। थिएटरहरूमा डान्स सिकाउन थाले। नेपालको नृत्य क्षेत्रमा कन्टेम्पोररी डान्सलाई उनले थप चिनाउँदै लगे।

डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ सिजन २ मा उनले पनि भाग लिए। उनलाई रियालिटीशोको प्रतिष्पर्धामा उस्तो चासो थिएन। ‘तर मैले जुन फिल्ड रोजें। त्यो कुरा बा आमाले देख्न पाएनन् भने। आफन्तहरूले भन्थे– १५ वर्ष नाँचे भन्छस्। टिभीमा आउँदिनस् त। सुन्दा हो जस्तो लाग्यो। परिवारले नै चिन्दैन भने मलाई संसारले चिनेर के भयो ,’ उनले सोचे। 

त्यसपछि रियालिटी शोमा जेडीले भाग लिए। उनलाई आम दर्शकहरूले चिन्न थाले। 

अहिले जेडी एउटा नाटकको तयारीमा छन्। डान्स र एक्टिङ सहितको नाटक। त्यसको निर्देशन गर्दैछन् उनी। ‘सपना देखेर मात्र नहुने रहेछ। त्यसलाई विस्तारै पूरा गर्नुपर्ने रहेछ,’ जेडी भन्छन्, ‘विस्तारै म त्यो पूरा गर्दैछु।’

जेडीको नाटक ‘ब्यूँझिएको सिरानी’ १६ असोजदेखि मण्डला नाटकघरमा मञ्चन हुनेछ। ‘मैले भन्न नपाएका कुराहरू यो नाटकमार्फत् भन्नेछु। मेरो लागि यो विशेष हुनेछ,’उनी भन्छन्। 

jdsss1694849472.png

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्