काठमाडौं- काठमाडौं महानगरपालिकाले खुल्ला रुपमा दूध तथा दूधजन्य परिकार बिक्री गर्ने पसललालाई मापदण्ड कायम गरेर मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै महानगरले मापदण्ड कायम गर्न भनेको हो।
केही समयअघि महानगरले खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काममा रोक लगाउने बताएको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार यसरी दूधजन्य पदार्थ बेच्नु मापदण्डविपरीत हो।
यसैगरी महानगरले ३० दिनभित्र अनिवार्य पसल दर्ता गर्न पनि निर्देशन दिएको छ।
सूचनामा भनिएको छ ‘खुला रुपमा दूध तथा दूधजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरूलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री-वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीहरूले ३० दिन भित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउनु हुन सूचित गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।