• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निजी सञ्चालकको स्वार्थमा बदलियो शिक्षा विधेयक

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ २७, २०८०  १९:१८
1140x725

काठमाडौं– सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ निजी विद्यालय सञ्चालकको स्वार्थमा ल्याएको छ। यसअघि विद्यालय शिक्षा सम्बन्धी मस्यौदाको प्रस्तावित विधेयकको परिच्छेद २ (४) मा कम्पनी ऐनअन्तर्गत दर्ता भएका निजी लगानीका सम्पूर्ण विद्यालयहरू पाँच वर्षभित्र शैक्षिक गुठीका रूपमा सञ्चालन हुनुपर्ने भन्ने उल्लेख थियो। 

त्यतिबेला निजी विद्यालयका सञ्चालकहरू आफ्नो सम्पत्ति सरकारले जबरजस्तीरूपमा अधिग्रहण गर्न लागेको भन्दै आन्दोलित थालेका थिए। विद्यालय नै बन्द गरेर आन्दोलनमा आउने चेतावनीपछि सरकारले उप्रप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसँग आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूको वार्ता गरेका थिए। सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन फिर्ता लिएका थिए।

निजीले गरे विधेयकको स्वागत 
सरकारले बुधबार संसद्‌मा दर्ता गरेको उक्त विधेयकलाई भने निजी विद्यालय सञ्चालकहरूले स्वागत गरेका छन्। निजी विद्यालय सञ्चालक समिति (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले विधेयक सकारात्मक भएको प्रतिक्रिया दिए।

नेपाल लाइभसँग कुरा गर्दै प्याब्सन अध्यक्ष ढुंगानाले भने, ‘सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय सम्बन्धी विधेयकलाई सकारात्मक रुपमा लिएका छौं। कम्पनी कानुन अनुसार सञ्चालित विद्यालयहरूलाई गुठीमा जान सकिने भनिएको छ। अनिवार्य गरिएको छैन। जान चाहने जानसक्छन्। नजान चाहने जाँदैनन्’, उनले भने, ‘प्रस्तावित विधेयकले प्रष्ट नै पारेको छ। बाध्यकारी छैन।’ 

मन्त्री नै विद्यालय सञ्चालक भएकाले आफू अनुकूल विधेयक ल्याएको आरोप 
तर, निजीमैत्री विधेयक ल्याएको भन्दै सरोकारवालाहरूले आलोचना गरेका छन्। शिक्षाविद् डा विद्यानाथ कोइरालाले शिक्षामन्त्री अशोक राई नै निजी विद्यालयको सञ्चालक भएको भन्दै आफू अनुकूल विधेयक ल्याएको आरोप लगाए।
 
नेपाल लाइभसँग कुरा गर्दै शिक्षाविद् डा कोइरालाले भने, ‘पहिला विधेयको मस्यौदामा गुठी जानैपर्ने व्यवस्था  राखिएको थियो। अहिले जान सकिने भनेको छ। त्यो भनेको सुविधा दिन सकिने भन्न खोजेको हो। नियमावलीमा व्यवस्था गरिनेछ भन्दा निजी विद्यालय सञ्चालकहरू खुसी हुनु स्वभाविक हो।’ उनले भने पालिकाले शुल्क तोकिदिने र नियमन गर्ने भन्ने मात्रै कुरा निजीलाई अप्ठ्यारो भएको बताए। शिक्षाविद् कोइरालाले भने,‘शिक्षामन्त्रीको पनि त निजी स्कुल छ। अनि उहाँले आफू अनुकूल नल्याएर हुन्छ त?’ उनले निजी विद्यालय सञ्चालकहरूबाट राजनीतिक दलहरूले पैसा खाने गरेको आरोप लगाए। 

Ncell 2
Ncell 2

कोइरालाले राजनीतिक दलका नेताहरूकै निजी विद्यालयहरू भएको बताउँदै उनीहरूले आफ्नो स्वार्थ भन्दा बाहिर गएर काम नगर्ने दाबी गरे। उनले यस अघि प्रधानमन्त्री कार्यालयले विधेयकको मस्यौदा परीक्षण गर्नका लागि ल्याएको र अहिले त्यसलाई सुधारेको आरोप लगाए। ‘निजीले न्याय गर्दैन। उदाहरणका लागि हाइटीलाई लिन सक्छौँ। त्यहाँ ५०/६० प्रतिशत निजी विद्यालयहरू छन। हाम्रोमा पनि हेर्नुभयो भने ३० प्रतिशत केटाकेटीहरू निजी विद्यालयमा पढ्ने भइसके उनले भने,‘सहरी एरियामा मात्रै ५०/७० प्रतिशत निजीमा पढ्छन्। स्पष्ट भाषा भनेको सरकारी विद्यालयलाई कमजोर बनाउँदै जाने र निजीलाई प्रोत्साहन गर्दै जाने हो भने उसले पैसाको निम्ती काम गर्ने हो। सरकारीले न्याय गर्दैन।’

पछिल्लो सयम निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएका थिए। सरकार र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्तापछि सरकारले माग पूरा गर्ने आश्वासन दिएको थियो। त्यसपछि उनीहरू आन्दोलनबाट पछि हटेका थिए।

सरकारले परिवर्तन गरेको प्रावधान
यस अघि सार्वजनिक भएको प्रस्तावित विधेयकको मस्यौदामा दफा ४ को उपदफा १ ले निजी विद्यालय लगानीको विद्यालय सञ्चालन गर्दा विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन गर्नुपर्ने प्रावधान गरेको थियो। उपदफा २ बमोजिम सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नराखी स्थानीय तहमा दर्ता गरी सार्वजनिक गुठी अन्तर्गत  विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान छ। साथै उपदफा ३ ले कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयले ५ वर्षभित्र शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने बाध्यकारी प्रावधानको व्यवस्था गरेको थियो।

तर बुधबार संसद्‌मा दर्ता भएको विधेयकको परिच्छेद २(४)मा निजी लगानीका विद्यालयको स्थापना र सञ्चालको कुरा उल्लेख छ। ४(१) अनुसार यो ऐन प्रारम्भ भएपछि निजी विद्यालय शैक्षिक गुठी अन्तरर्गत स्थापना र सञ्चालन हुने कुरा उल्लेख छ।  ४(३) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भए पछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिनेछ व्यवस्था गरेको छ। जसले निजी विद्यालयहरूलाई यस अघि ५ वर्षको समावधी तोकिए जस्तो अनिवार्य गरेको छैन। 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै शनिबार राति भएको छलफलपछि मन्त्रालयको भागवण्डामा दलहरुबीच सहमति बनेको छ। आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु आइतबार, मंसिर २१, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्