• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निजी सञ्चालकको स्वार्थमा बदलियो शिक्षा विधेयक

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ २७, २०८०  १९:१८
1140x725

काठमाडौं– सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ निजी विद्यालय सञ्चालकको स्वार्थमा ल्याएको छ। यसअघि विद्यालय शिक्षा सम्बन्धी मस्यौदाको प्रस्तावित विधेयकको परिच्छेद २ (४) मा कम्पनी ऐनअन्तर्गत दर्ता भएका निजी लगानीका सम्पूर्ण विद्यालयहरू पाँच वर्षभित्र शैक्षिक गुठीका रूपमा सञ्चालन हुनुपर्ने भन्ने उल्लेख थियो। 

त्यतिबेला निजी विद्यालयका सञ्चालकहरू आफ्नो सम्पत्ति सरकारले जबरजस्तीरूपमा अधिग्रहण गर्न लागेको भन्दै आन्दोलित थालेका थिए। विद्यालय नै बन्द गरेर आन्दोलनमा आउने चेतावनीपछि सरकारले उप्रप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसँग आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूको वार्ता गरेका थिए। सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन फिर्ता लिएका थिए।

निजीले गरे विधेयकको स्वागत 
सरकारले बुधबार संसद्‌मा दर्ता गरेको उक्त विधेयकलाई भने निजी विद्यालय सञ्चालकहरूले स्वागत गरेका छन्। निजी विद्यालय सञ्चालक समिति (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले विधेयक सकारात्मक भएको प्रतिक्रिया दिए।

नेपाल लाइभसँग कुरा गर्दै प्याब्सन अध्यक्ष ढुंगानाले भने, ‘सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय सम्बन्धी विधेयकलाई सकारात्मक रुपमा लिएका छौं। कम्पनी कानुन अनुसार सञ्चालित विद्यालयहरूलाई गुठीमा जान सकिने भनिएको छ। अनिवार्य गरिएको छैन। जान चाहने जानसक्छन्। नजान चाहने जाँदैनन्’, उनले भने, ‘प्रस्तावित विधेयकले प्रष्ट नै पारेको छ। बाध्यकारी छैन।’ 

मन्त्री नै विद्यालय सञ्चालक भएकाले आफू अनुकूल विधेयक ल्याएको आरोप 
तर, निजीमैत्री विधेयक ल्याएको भन्दै सरोकारवालाहरूले आलोचना गरेका छन्। शिक्षाविद् डा विद्यानाथ कोइरालाले शिक्षामन्त्री अशोक राई नै निजी विद्यालयको सञ्चालक भएको भन्दै आफू अनुकूल विधेयक ल्याएको आरोप लगाए।
 
नेपाल लाइभसँग कुरा गर्दै शिक्षाविद् डा कोइरालाले भने, ‘पहिला विधेयको मस्यौदामा गुठी जानैपर्ने व्यवस्था  राखिएको थियो। अहिले जान सकिने भनेको छ। त्यो भनेको सुविधा दिन सकिने भन्न खोजेको हो। नियमावलीमा व्यवस्था गरिनेछ भन्दा निजी विद्यालय सञ्चालकहरू खुसी हुनु स्वभाविक हो।’ उनले भने पालिकाले शुल्क तोकिदिने र नियमन गर्ने भन्ने मात्रै कुरा निजीलाई अप्ठ्यारो भएको बताए। शिक्षाविद् कोइरालाले भने,‘शिक्षामन्त्रीको पनि त निजी स्कुल छ। अनि उहाँले आफू अनुकूल नल्याएर हुन्छ त?’ उनले निजी विद्यालय सञ्चालकहरूबाट राजनीतिक दलहरूले पैसा खाने गरेको आरोप लगाए। 

Ncell 2
Ncell 2
nimb
nimb

कोइरालाले राजनीतिक दलका नेताहरूकै निजी विद्यालयहरू भएको बताउँदै उनीहरूले आफ्नो स्वार्थ भन्दा बाहिर गएर काम नगर्ने दाबी गरे। उनले यस अघि प्रधानमन्त्री कार्यालयले विधेयकको मस्यौदा परीक्षण गर्नका लागि ल्याएको र अहिले त्यसलाई सुधारेको आरोप लगाए। ‘निजीले न्याय गर्दैन। उदाहरणका लागि हाइटीलाई लिन सक्छौँ। त्यहाँ ५०/६० प्रतिशत निजी विद्यालयहरू छन। हाम्रोमा पनि हेर्नुभयो भने ३० प्रतिशत केटाकेटीहरू निजी विद्यालयमा पढ्ने भइसके उनले भने,‘सहरी एरियामा मात्रै ५०/७० प्रतिशत निजीमा पढ्छन्। स्पष्ट भाषा भनेको सरकारी विद्यालयलाई कमजोर बनाउँदै जाने र निजीलाई प्रोत्साहन गर्दै जाने हो भने उसले पैसाको निम्ती काम गर्ने हो। सरकारीले न्याय गर्दैन।’

पछिल्लो सयम निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएका थिए। सरकार र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्तापछि सरकारले माग पूरा गर्ने आश्वासन दिएको थियो। त्यसपछि उनीहरू आन्दोलनबाट पछि हटेका थिए।

सरकारले परिवर्तन गरेको प्रावधान
यस अघि सार्वजनिक भएको प्रस्तावित विधेयकको मस्यौदामा दफा ४ को उपदफा १ ले निजी विद्यालय लगानीको विद्यालय सञ्चालन गर्दा विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन गर्नुपर्ने प्रावधान गरेको थियो। उपदफा २ बमोजिम सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नराखी स्थानीय तहमा दर्ता गरी सार्वजनिक गुठी अन्तर्गत  विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान छ। साथै उपदफा ३ ले कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयले ५ वर्षभित्र शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने बाध्यकारी प्रावधानको व्यवस्था गरेको थियो।

Xtrem
Xtrem

तर बुधबार संसद्‌मा दर्ता भएको विधेयकको परिच्छेद २(४)मा निजी लगानीका विद्यालयको स्थापना र सञ्चालको कुरा उल्लेख छ। ४(१) अनुसार यो ऐन प्रारम्भ भएपछि निजी विद्यालय शैक्षिक गुठी अन्तरर्गत स्थापना र सञ्चालन हुने कुरा उल्लेख छ।  ४(३) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भए पछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिनेछ व्यवस्था गरेको छ। जसले निजी विद्यालयहरूलाई यस अघि ५ वर्षको समावधी तोकिए जस्तो अनिवार्य गरेको छैन। 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्