काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक कुकुर/बिरालोको बन्ध्याकरण, भ्याक्सिनेशन गर्नका लागि निवेदन माग गरेको छ।
बुधबार १५ दिने सूचना जारी गर्दै महानगरपालिकाले बन्ध्याकरणका लागि इच्छुक कम्पनी/संघ/संस्थालाई निवेदन पेस गर्न अनुरोध गरेको हो।
कुकुर/बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेशनका लागि २५ सय रुपैयाँ र खोप भ्याक्सिनेशनका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।