• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्रपा सांसद अनिशाको बुझाइ: सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न 

64x64
रासस बुधबार, भदौ २७, २०८०  ०८:२३
1140x725

काठमाडौं– पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाइ र भोगाइका हिसाबले परिपक्व देखिन्छिन्। प्रतिनिधि सभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्छिन्, ‘देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने गरी सदनमा भनाइ राख्नुपर्छ।’

उनको भनाइ छ– ‘सदनमा कसले के भन्यो भन्नेतिर नगइ विधेयक र जनताका सुख–दुःख, गुनासाका आवाज उठाउनैपर्छ, पुरानाले सिकाउनुपर्नेमा उनीहरूलाई नै सम्झाउनुपर्ने जस्तो देख्छु। त्यो ठाउँमा अरु बेतुक र छाडा बोल्ने होइन नि!’

सात वर्षको राजनीतिक यात्रा, स्वास्थ्य क्षेत्रमा अहेब पृष्ठभूमि रहेकी प्रतिनिधि सभा सदस्य नेपालीले नीति निर्माणको जिम्मेवारीमा सांसद केन्द्रित हुनुपर्नेमा सत्ता प्राप्तिको दौडधुपले विधायिकी भूमिका कमजोर तुल्याएको बताइन्।

सांसदले आफ्नो भूमिकालाई विधेयक तथा जनताका सरोकारका मुद्दामा केन्द्रित गरेका विषयलाई पनि सरकारबाट यथोचित सम्बोधन नहुँदा जनतामा निराशा पैदा भएको मात्र नभइ महत्त्वपूर्ण विधेयक निर्माणका कार्यसमेत ओझेलमा परेको उनको गुनासो छ। विधेयकमा समेटिएका स–सना विषयलाई पनि बेलैमा ध्यान पुर्याएर छलफल गरिएन भने जनताले भविष्यमा फेरि दुःख पाउने पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सांसद नेपालीले देशमा बलियो कानुन नभएका कारण जनताले दुःख पाइरहेको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘ठूला दलबीचको द्वन्द्वका कारण सदनमा सांसद उपस्थित भए पनि बैठक चल्दैन, एउटा दल विशेषका कारण सदन चल्दैन भने त्यसविरुद्ध आवाज उठाउनु स्वभाविक र ठीकै कुरा हो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

समानुपातिक निर्वाचन प्रणालीमा दलित आरक्षण समूहमा राप्रपाबाट निर्वाचित नेपाली भन्छिन्, ‘आफ्ना प्रतिनिधिका अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउने अवस्था आउला भनी जनताले अपेक्षा गरेका थिएनन्, तर दुर्भाग्य यहाँ यस्तै भइरहेको छ।’

‘माननीय’ पद र भूमिकाको गहन अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चका आमसभाजस्तो हुने गरेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले बोली र व्यहारलाई सुधार गरी सभ्य भाषा प्रयोग गरेमात्र सदन र सांसदको ओज बढ्ने सुझाव दिइन्।

सांसद नेपाली भन्छिन्, ‘संसद् नियमावलीमा कसरी बोल्ने, कसरी बस्ने भन्नेसम्म स्पष्ट व्यवस्था छ, तर कतिपय माननीयले त पोशाकै खोलेर नाङ्गै हुनसमेत भ्याएको अवस्था छ।’ सदन विधि र नीति निर्माण गर्ने मूल थलो भएकाले मूल जिम्मेवारी तथा दायित्वलाई दुरुपयोग होइन, सदुपयोग गर्नुपर्नेमा उनको जोड छ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत कुनै कुराको दुःख नहोस् भनेर निर्वाचनमा मत दिइ ठूला दल बनाएको प्रसङ्ग उल्लेख गर्दै सांसद नेपालीले जनताका आवाजलाई कार्यान्वयन हुने ढङ्गले सदनमा प्रस्तुत हुन सबै सदस्यलाई आग्रह गरिन्। उनले तीन तहका सरकारबीच विकास र समृद्धिका विषयमा समन्वय तथा सहकार्यको साटो स्वार्थपन बढी देखिएको र दलबलका आधारमा योजना छनोट प्रवृत्तिले सङ्घीय संसद्का सांसद पनि त्यसैमा दौडने गरेको उदाहरण प्रस्तुत गरिन्।

एक प्रसङ्गमा सांसद नेपालीले भनिन्, ‘प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिमा प्रवेश गरेका कयौँ नेताका सहरमा आलिसान महल बनेका छन्, गाडीमा हुइकिएका देखिन्छन्, तर मत दिने जनताको हालत भने ज्यूँको त्यूँ छ, यसमा कसैलाई वास्ता छैन।’

महँगो निर्वाचन प्रणाली, भागबण्डाको राजनीति, मुलुकले धान्नै नसक्ने सङ्घीयता र प्रदेशको औचित्यमाथि राप्रपाले प्रश्न उठाइरहेको उल्लेख गर्दै नेतृ नेपालीले एउटा सरकार गठन हुनासाथ त्यसलाई ढाल्न हुने कसरत र अभ्यासले मुलुकलाई समृद्धि दिन नसक्ने धारणा राखिन्।

राजनीतिलाई सेवाका रूपमा लिएर काम गर्न होमिएको उनको भनाइ छ। सांसद नेपाली भन्छिन्, ‘विगतदेखि नै दीनदुःखीको सेवा गर्दै आएकी छु, राजनीतिलाई पनि सेवाकै रूपमा बुझेकी छु।’

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस... मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन प्रधानमन्त्री शाह न्यु योर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन आज अमेरिका जान लागेका हुन् । मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्