• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुवास नेम्वाङको व्यक्तित्वबारे के भन्छन् नेताहरु?

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, भदौ २६, २०८०  १६:५०
1140x725

काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान भएको निधनले एमाले मात्रै नभई विभिन्न राजनीतिक दल र उनका शुभचिन्तकलाई शोकमग्न बनाएको छ। 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। नेम्वाङको पार्थिक शरीरलाई विभिन्न दलका शीर्ष नेताहरुले एमाले पार्टी कार्यालय च्यासल पुगेर पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका छन्। 

श्रद्धाञ्जली दिन च्यासल पुगेका शुभेच्छुकहरु उनको योगदानबारे चर्चा/परिचर्चा गरिरहेका थिए। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङलाई नेपाली राजनीतिमा सबै राजनीतिक दललाई मिलाउन सक्ने छवि भएको नेताको रुपमा स्मरण गरे।

उनले भने, ‘आजको राजनीतिमा धेरै दलहरु कोही उत्तर फर्किएको, कोही दक्षिण फर्किएको त कोही पूर्वतिर फर्किएको अवस्था छ। यसका बीचमा पनि दलीय मान्यताबाट मुलुक अघि बढेको भए पनि तिनीहरुलाई देशको हित र निकास बढाउने ठाउँमा साझा व्यक्ति आवश्यक थियो। त्यो साझा व्यक्ति कोही हुनुहुन्थ्यो भने सुवास नेम्वाङ हुनुहुन्थ्यो।’ 

नेम्वाङको निधनले मुलुकले ठूलो क्षति व्यहोरेको बताउँदै उनी एमालेको नेता मात्रै नभएर देशको साझा अभिभावक भएको बर्तौलाले दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

बर्तौलाले नेम्वाङको निधनले पार्टीमा लामो समयसम्म ठूलो क्षति पुग्ने बताए। ‘उहाँको असल नेतृत्वबाट संविधान निर्माण गर्न सफल भयौं,’ बर्तौलाले भने, ‘संविधान सभामा ३०/३१ दलहरु थिए। उनीहरुका दलगत आ-आफ्ना मान्यता र अजेण्डा थिए। संविधान सभाबाट संविधान जारी नहोस् भनेर कयौं विदेशीहरुले समेत खेलिरहेको अवस्था थियो। त्यसका बाबजुद पनि सबै दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ संविधान निर्माण गर्ने कुशल नेतृत्व प्रदान गर्नुभयो।’

उनले नेम्वाङबाट प्रतिशोध, आग्रह/पूर्वाग्रह नभई समझदारी र सम्वादको माध्यमबाट अघि बढ्न सकिने कुरा सिक्न सकिने बताए। 

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले इलाममा जन्मेको एउटा लिम्बुको छोराले नेपाली राजनीतिमा स्थापित व्यक्तित्वको रुपमा आफूलाई उभ्याएको बताए। उनले भने, ‘उहाँ नरम, मिजासिलो र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्ति हो। उहाँले एकदमै विवादस्पद विषयलाई पनि समन्वय गर्दै मिलाएर लैजानुभएको छ। नेपालको संविधान जारी गराउने क्रममा सुशील कोइरालापछि उहाँको महत्त्वपूर्ण भूमिका छ।’

Xtrem
Xtrem

नेम्वाङ आफ्नै पार्टीले पनि गलत काम गर्दा त्यसलाई गलत हो भन्न सक्ने व्यक्ति रहेको पौडेलले बताए। उनले विधिको शासनको वकालत गर्ने, विधि व्यवस्थासँग बढी जानकार, अनुभव भएको व्यक्तिको रुपमा चित्रण गरे। पौडेलले भने, ‘२०४८ सालपछि धेरै पटक पदमा बस्ने व्यक्तिको रुपमा सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ। लामो समयसम्म पदमा बस्दा पनि आफूलाई दाग लाग्न दिनुभएन। सचेत भएर कानुन बुझेर त्यस अनुसार काम गर्ने क्षमता भएको नेता हुनुहुन्थ्यो।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि नेम्वाङलाई शान्ति निर्माणको बाँकी काम पूरा नहुँदासम्म सम्झिरहने बताए। उनले भने, ‘शान्ति प्रकियाको बाँकी रहेको काम, सत्य निरुपण तथा मेलमिलाप आयोगको काममा दलहरुका बीचमा समन्वय र सहमति जुटाउनका निम्ति भरमग्दुर भूमिका खेलिरहेको महत्त्वपूर्ण नेता गुमाउँदा दु:ख लागेको छ।’ उनले सहकार्य, सहमतिको मध्यमार्गमा नेम्वाङको खाँचो औंल्याए। 

यस्तै श्रद्धाञ्जली दिन पुगेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भने, ‘नेपाली राजनीतिमा सुवासचन्द्र नेम्वाङ सादगी हुनुहुन्थ्यो। उहाँ कहिल्यै पनि देखावटी रुपमा हुनुहुन्थेन। कानुन र संविधान हामी सबैले मान्नुपर्छ। त्यसको उहाँ हिमायती हुनुहुन्थ्यो। र, उहाँ जुनसुकै परिस्थितिमा सहमति र सहकार्य सहित अघि बढ्ने नेताको रुपमा हुनुहुन्थ्यो। अब हामीलाई उहाँको अभाव रहिरहनेछ।’

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन्। शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३  सहमतिका लागि शिक्षा मन्त्रालयल... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्