• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दैनिक सुन आयातको कोटा १० किलोबाट २० किलो पुर्‍याउँदै सरकार

64x64
कल्पना घिमिरे बुधबार, भदौ २७, २०८०  २०:३०
1140x725

काठमाडौं– सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउने भएको छ। हाल एक दिनमा १० किलोसम्म सुन आयात गर्न मिल्छ। चाँडपर्वलाई लक्षित गरी सरकारले दैनिक कोटा २० किलो पुर्‍याउन लागेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले जानकारी दिए।

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी व्यवसायीहरूले कोटा बढाउन माग गर्दै आएपछि कोटा थप गरिएको मन्त्री रिजालले बताए।

भदौ १५ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले कोटा बढाउने निर्णय गरेको थियो। कोटा बढाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४ दिनअघि राष्ट्र बैंकलाई पत्र पठाइसकेको मन्त्री रिजालले जानकारी दिए।

‘अर्थ मन्त्रालयका पदाधिकारी लगायतको बैठकमा कोटा बढाउने निर्णय गरेर राष्ट्र बैंकलाई पत्र पठाइसकेको छ। अब १० किलो सुन थप भएर दैनिक २० किलो आयात गर्न सकिने निर्णय भएको छ,’ मन्त्री रिजालले भने।

सुनचाँदी व्यवसायीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेरै कोटा बढाइदिन आग्रह गर्दै आएका थिए। उनीहरूले दैनिक ३५ किलो आयात गर्न माग गरेका भए पनि मन्त्रालयले २० किलो पुर्‍याउने तयारी गरेको मन्त्री रिजालको भनाइ छ।

यसअघि दैनिक १० किलो सुन आयात गर्न पाउने कोटा रहेको थियो।

राष्ट्र बैंकले सुन आयात गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ। थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने मन्त्री रिजालको भनाइ छ। 

वाणिज्य बैंकहरूले हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर, दुबईलगायतका मुलुकबाट सुन आयात गर्छन्। यी मुलुकहरूबाट वाणिज्य बैंकले दैनिक जम्मा १० किलो सुन आयात  गरी नेपालमा बिक्री गर्दै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुनमा ठूलो रकम बाहिरिन थालेपछि सरकारले आयातमा कोटा प्रणाली लागू गरेको थियो। तर बजारमा मागअनुसार सरकारले सुनको कोटा थपघट गर्ने गरेको छ। अहिले दैनिक १० किलो आयात हुन्छ।  सिजन सुरु हुने बेला सुनको माग दैनिक १५ किलो भए पनि सिजनमा बढेर ३०/३५ किला पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन्।

‘सुनको सिजन दसैं–तिहार र मंसिर हो विशेष गरी त्यतिबेला माग बढ्छ। अहिले सुनको कोटामा थप १० किलो बढाउने निर्णय भएको छ। राष्ट्र बैंकले छिट्टै सर्कुलर जारी गरेपछि दैनिक २० किलो सुन आयात हुन्छ। त्यसले केही माग धान्न सक्छ,’ शाक्यले भने।

यसअघि बैंकमा हरेक महिना जस्तो सुन मौज्दात रहने समस्या नै आएको थियो। आर्थिक मन्दीका कारण सुनको माग घटेको र बैंकमा मौज्दात रहने गरेको थियो। तर आजभोलि माग बढ्दा बैंकमा सुन मौज्दात रहने अवस्था नरहेको शाक्यको भनाइ छ।

चैत र असारमा सुन ल्याएनन्
बैंकमा सुन मौज्दात रहेपछि गत आर्थिक वर्षको चैत र असारमा बैंकले सुन आयात नै नगरेको नेपाल बैंकर संघले जनाएको छ। संघका अनुसार २०७९/८० साउनमा २ सय किलो आयात भएको थियो। आयातित सुनमध्ये २६.५ किलो मौज्दात रहेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भदौमा ४ सय किलो आयात भएको थियो। भदौमा ५०.५ किलो सुन मौज्दात रहेपछि बैंकहरूले असोजमा ३ सय किलो आयात गरेका थिए। असोजसम्म आइपुग्दा ८५ किलो मौज्दात रहेको संघले जनाएको छ। कात्तिकमा २ सय किलो आयात हुँदा बैंकमा १ सय ९ किलोसम्म मौज्दात थियो।

मंसिरमा ३ सय किलो सुन आयात भएको थियो। बिहेको सिजन हुँदा मंसिरमा बैंकको मौज्दात घटेर २१ किलोमा झरेको थियो। त्यसपछि पुसमा १ सय किलो सुन आयात गरेको तथ्यांक छ। त्यसपछि सुन बिक्री नभएर १ सय २० किलो बैंकमा मौज्दात भएको संघको तथ्यांकमा उल्लेख छ। माघमा पनि बिहेको सिजन भएकाले सुन बिक्री हुन थाल्यो। ३ सय किलो सुन आयात हुँदा मौज्दात ६६ किलो रह्यो। फागुनमा ५ सय किलो आयात गरेको तथ्यांक छ। आयात बढाएपछि मौज्दात बढ्न थाल्यो। फागुनमा १ सय ४४ किलो सुन मौज्दात थियो। त्यसपछि चैतमा सुन आयात भएन र मौज्दात सुन बिक्री भएर १ सय ३० किलो बाँकी रहेको थियो।

त्यसपछि वैशाखमा फेरि ४ सय किलो सुन आयात भएको तथ्यांक छ। वैशाखमा ५४ किलो मौज्दात थियो। जेठमा २ सय किलो आयात भयो। सुनको माग घट्यो र मौज्दात बढेर १ सय ९१ किलो पुग्यो। त्यसपछि बैंकहरूले असारमा सुन आयात बन्द नै गरे। त्यतिबेला पनि  १ सय १९ किलो मौज्दात रहेको संघको तथ्यांकमा छ। 

यस्तै आर्थिक वर्ष ०८०/८१ साउनमा २ सय किलो सुन आयात भएको संघले जनाएको छ। साउनमा पनि १ सय ३ किलो सुन मौज्दात थियो। भदौ १७ सम्म २ सय ५० किलो आयात भएकामा बैंकमा १ सय २६ किलो मौज्दात रहेको संघको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्