• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दैनिक सुन आयातको कोटा १० किलोबाट २० किलो पुर्‍याउँदै सरकार

64x64
कल्पना घिमिरे बुधबार, भदौ २७, २०८०  २०:३०
1140x725

काठमाडौं– सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउने भएको छ। हाल एक दिनमा १० किलोसम्म सुन आयात गर्न मिल्छ। चाँडपर्वलाई लक्षित गरी सरकारले दैनिक कोटा २० किलो पुर्‍याउन लागेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले जानकारी दिए।

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी व्यवसायीहरूले कोटा बढाउन माग गर्दै आएपछि कोटा थप गरिएको मन्त्री रिजालले बताए।

भदौ १५ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले कोटा बढाउने निर्णय गरेको थियो। कोटा बढाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४ दिनअघि राष्ट्र बैंकलाई पत्र पठाइसकेको मन्त्री रिजालले जानकारी दिए।

‘अर्थ मन्त्रालयका पदाधिकारी लगायतको बैठकमा कोटा बढाउने निर्णय गरेर राष्ट्र बैंकलाई पत्र पठाइसकेको छ। अब १० किलो सुन थप भएर दैनिक २० किलो आयात गर्न सकिने निर्णय भएको छ,’ मन्त्री रिजालले भने।

सुनचाँदी व्यवसायीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेरै कोटा बढाइदिन आग्रह गर्दै आएका थिए। उनीहरूले दैनिक ३५ किलो आयात गर्न माग गरेका भए पनि मन्त्रालयले २० किलो पुर्‍याउने तयारी गरेको मन्त्री रिजालको भनाइ छ।

यसअघि दैनिक १० किलो सुन आयात गर्न पाउने कोटा रहेको थियो।

राष्ट्र बैंकले सुन आयात गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ। थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने मन्त्री रिजालको भनाइ छ। 

वाणिज्य बैंकहरूले हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर, दुबईलगायतका मुलुकबाट सुन आयात गर्छन्। यी मुलुकहरूबाट वाणिज्य बैंकले दैनिक जम्मा १० किलो सुन आयात  गरी नेपालमा बिक्री गर्दै आएका छन्।

Ncell 2
Ncell 2

सुनमा ठूलो रकम बाहिरिन थालेपछि सरकारले आयातमा कोटा प्रणाली लागू गरेको थियो। तर बजारमा मागअनुसार सरकारले सुनको कोटा थपघट गर्ने गरेको छ। अहिले दैनिक १० किलो आयात हुन्छ।  सिजन सुरु हुने बेला सुनको माग दैनिक १५ किलो भए पनि सिजनमा बढेर ३०/३५ किला पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन्।

‘सुनको सिजन दसैं–तिहार र मंसिर हो विशेष गरी त्यतिबेला माग बढ्छ। अहिले सुनको कोटामा थप १० किलो बढाउने निर्णय भएको छ। राष्ट्र बैंकले छिट्टै सर्कुलर जारी गरेपछि दैनिक २० किलो सुन आयात हुन्छ। त्यसले केही माग धान्न सक्छ,’ शाक्यले भने।

यसअघि बैंकमा हरेक महिना जस्तो सुन मौज्दात रहने समस्या नै आएको थियो। आर्थिक मन्दीका कारण सुनको माग घटेको र बैंकमा मौज्दात रहने गरेको थियो। तर आजभोलि माग बढ्दा बैंकमा सुन मौज्दात रहने अवस्था नरहेको शाक्यको भनाइ छ।

चैत र असारमा सुन ल्याएनन्
बैंकमा सुन मौज्दात रहेपछि गत आर्थिक वर्षको चैत र असारमा बैंकले सुन आयात नै नगरेको नेपाल बैंकर संघले जनाएको छ। संघका अनुसार २०७९/८० साउनमा २ सय किलो आयात भएको थियो। आयातित सुनमध्ये २६.५ किलो मौज्दात रहेको थियो। 

भदौमा ४ सय किलो आयात भएको थियो। भदौमा ५०.५ किलो सुन मौज्दात रहेपछि बैंकहरूले असोजमा ३ सय किलो आयात गरेका थिए। असोजसम्म आइपुग्दा ८५ किलो मौज्दात रहेको संघले जनाएको छ। कात्तिकमा २ सय किलो आयात हुँदा बैंकमा १ सय ९ किलोसम्म मौज्दात थियो।

मंसिरमा ३ सय किलो सुन आयात भएको थियो। बिहेको सिजन हुँदा मंसिरमा बैंकको मौज्दात घटेर २१ किलोमा झरेको थियो। त्यसपछि पुसमा १ सय किलो सुन आयात गरेको तथ्यांक छ। त्यसपछि सुन बिक्री नभएर १ सय २० किलो बैंकमा मौज्दात भएको संघको तथ्यांकमा उल्लेख छ। माघमा पनि बिहेको सिजन भएकाले सुन बिक्री हुन थाल्यो। ३ सय किलो सुन आयात हुँदा मौज्दात ६६ किलो रह्यो। फागुनमा ५ सय किलो आयात गरेको तथ्यांक छ। आयात बढाएपछि मौज्दात बढ्न थाल्यो। फागुनमा १ सय ४४ किलो सुन मौज्दात थियो। त्यसपछि चैतमा सुन आयात भएन र मौज्दात सुन बिक्री भएर १ सय ३० किलो बाँकी रहेको थियो।

त्यसपछि वैशाखमा फेरि ४ सय किलो सुन आयात भएको तथ्यांक छ। वैशाखमा ५४ किलो मौज्दात थियो। जेठमा २ सय किलो आयात भयो। सुनको माग घट्यो र मौज्दात बढेर १ सय ९१ किलो पुग्यो। त्यसपछि बैंकहरूले असारमा सुन आयात बन्द नै गरे। त्यतिबेला पनि  १ सय १९ किलो मौज्दात रहेको संघको तथ्यांकमा छ। 

यस्तै आर्थिक वर्ष ०८०/८१ साउनमा २ सय किलो सुन आयात भएको संघले जनाएको छ। साउनमा पनि १ सय ३ किलो सुन मौज्दात थियो। भदौ १७ सम्म २ सय ५० किलो आयात भएकामा बैंकमा १ सय २६ किलो मौज्दात रहेको संघको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य बढेर आएकाे र डिजेलको मूल्य घटेर आएको जानकारी दिएको हो । शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ... शुक्रबार, कात्तिक १४, २०८२
नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन। आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ।... बुधबार, कात्तिक १२, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै मंगलबार, कात्तिक १८, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
आलोकनगरमा प्रचण्ड, माधव र नारायणकाजीबीच छलफल सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्