• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चबाट न्यायाधीश नियुक्ति थाल्ने प्रधानन्यायाधीश श्रेष्ठको तयारी, यी हुन चर्चामा रहेका नाम 

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०८०  १९:४४
1140x725

काठमाडौं– प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चबाट न्यायाधीश नियुक्ति सुरु गर्न चाहेपछि आकांक्षीहरुको दौड पनि सुरु भएको छ।

सर्वोच्च, उच्च अदालतको मुख्य न्यायाधीश, उच्च अदालतको न्यायाधीशदेखि जिल्ला अदालतको न्यायाधीशसम्म नियुक्तिको तयारी परिषद्ले गरेको छ।

भर्खर  सर्वोच्चको जिम्मेवारी सम्हालेका कारण श्रेष्ठ विवादरहित रुपमा न्यायाधीश नियुक्ति गर्ने तयारीमा छन्।

उनले कानुनमन्त्री धनराज गुरुङ, न्यायपरिषद्का वरिष्ठ सदस्य ईश्वरप्रसाद खतिवडा र परिषद्का दुई सदस्यहरुसँग अनौपचारिक रुपमा छलफल गरिरहेका छन्। प्रधानन्यायाधीशसँगै रहेका वरिष्ठ न्यायाधीश खविवडा र परिषद्का अन्य सदस्य भने सबै तहमा एकै पटक सिफारिस गर्ने पक्षमा छन्।
 
न्यायपरिषद्का प्रवक्ता मानवबहादुर कार्कीले न्यायाधीश नियुक्तिका बारेमा अनौपचारिक छलफल भइरहे पनि औपचारिक नभएको र केही दिनमा परिषद्को बैठक बसेर हुने बताए। कानुनमन्त्री धनराज गुरुङले पनि करिब एक सयभन्दा धेरै न्यायाधीश रिक्त भएकाले छिट्टै हुने र परिषद् अध्यक्ष एवं प्रधानन्यायाधीशसँग कुराकानी भइरहेको स्वीकार गरे।

उनले केही दिनमा सिफारिस हुने र यसपटकको सिफारिस विवादरहित हुने पनि दाबी गरे। 

पहिला सर्वोच्च कि उच्चको मुख्य न्यायाधीश?
परिषद्‌मा अहिले सर्वोच्च अदालतमा पहिला सिफारिस गर्ने कि उच्च अदालतको मुख्य न्यायाधीश भन्ने छलफल अनौपचारिक रुपमा सुरु भएको स्रोतले बताएको छ।

हाल उच्च अदालत दिपायलमा मुख्य न्यायाधीशको रुपमा नृपध्वज निरौला रहेका छन् भने अन्य उच्च अदालत नेतृत्वविहीन छन्। सर्वोच्चमा सिफारिसका लागि पनि मुख्य न्यायाधीश नियुक्ति गर्ने अनि त्यहिँबाट सर्वोच्च ल्याउनुपर्ने एकथरीको राय छ।

तर, प्रधानन्यायाधीश र केही सदस्य भने मुख्य न्यायाधीशको योग्यता पुगेका मध्येबाट सर्वोच्चमा सिफारिस गर्ने अनि मुख्य न्यायाधीश नियुक्ति गर्ने पक्षमा छन्। यसरी नियुक्ति गर्दा सिधा हुने र उच्च अदालतमा थप सिट खाली हुने उनीहरुको आकलन छ। त्यस्तै सर्वोच्च अदालतमा संविधान अनुसार २१ जना न्यायाधीश हुनुपर्नेमा १४ जना कार्यरत रहेको र विनोद शर्माको नाम संसदीय सुनुवाइ समितिमा पुगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी हेर्दा ६ जनाको पद रिक्त रहेको छ। त्यसमध्ये अनिलकुमार सिन्हाले केही समयपछि अवकाश पाउने भएकाले उनको स्थानमा तत्कालै अर्को व्यक्तिको सिफारिस गर्न मिल्ने देखिन्छ। संविधानले एक महिनाअघि सिफारिस गर्न सक्ने अधिकार दिएकाले ७ जना सर्वोच्चमा सिफारिस हुनसक्ने देखिन्छ।

सात जनाको सिफारिस भएमा ४ जना क्याडर न्यायाधीश(मुख्य न्यायाधीश) र ३ जना कानुन व्यवसायीवाट नियुक्ति गर्ने पक्षमा बहुमत सदस्य देखिन्छन्। सर्वोच्चको हकमा कानुन व्यवसायीलाई पन्छाएर जाँदा राजनीतिक र नेपाल बार एशोसियसनको दबाबका कारण नसकिने भएकाले यसमा मिलाएर योग्यतम व्यक्तिलाई ल्याउने पक्षमा प्रधानन्यायाधीश श्रेष्ठ पनि रहेका छन्।

सर्वोच्चका लागि मुख्य न्यायाधीशबाट सिफारिस हुनसक्ने चर्चामा नृपध्वज निरौला, सत्यमोहन जोशी, सारङ्गा सुवेदी, रत्नबहादुर वागचन्द र माधव पोखरेल छन्। यी मध्ये सुवेदी र वागचन्दको सम्भावना समावेशीका कारण पनि धेरै देखिन्छ। निरौला एकमात्र मुख्य न्यायाधीश भएकाले उनी पनि सर्वोच्च आउने दौडमा छन्।

कानुन व्यवसायीबाट भने प्रमुख तीन दल निकट कानुन व्यवसायीहरुको नाम चर्चामा छ। राजनीतिक वृत्तबाट चर्चामा महान्यायाधिवक्ता दिनमणी पोखरेल, यसअघि सिफारिस भएका डिएन पराजुली, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, बारका पूर्व महासचिव सुनिलकुमार पोखरेललगायतका नाम चर्चामा रहेका छन्। 

विज्ञ व्यक्ति ल्याउन सुझाव 
सर्वोच्च अदालत उच्च अदालत जस्तो सिक्ने वा त्यहाँ आएपछि जान्ने ठाउँ नभएकाले सुरुमै नियुक्ति गर्दा योग्य र विज्ञहरुलाई ल्याउन पूर्व न्यायाधीशहरुको सुझाव छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सर्वोच्चको न्यायाधीश भनेको कुनै क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्ति र परिपक्व व्यक्ति सिफारिस हुनुपर्ने बताए।

देशभर साइबर कानुनको मुद्दाहरु हेर्न अदालतलाई अधिकार दिएको र अहिले सूचना प्रविधिको विकास पनि तीव्र गतिमा हुँदैगर्दा अपराधहरु पनि यही रुपमा बढेकाले यो क्षेत्रको विज्ञ वा यसका पीएचडी गरेको व्यक्तिलाई सर्वोच्चमा ल्याउनुपर्ने उनको सुझाव छ। त्यस्तै केही समयपछि अनिलकुमार सिन्हाले अवकाश पाउने भएकाले बैंकिङ कसुर, कम्पनी ऐन र वाणिज्यसम्बन्धी विज्ञलाई पनि स्थान दिनुपर्ने उनको सुझाव छ।

सर्वोच्चमा नियुक्ति गर्दा अनुभव, मुद्दालाई सहज रुपमा बुझ्ने र न्याय गर्नसक्ने हिम्मत भएको व्यक्ति सिफारिस हुनुपर्ने उनको भनाइ छ। 

कानुन व्यवसायीवाट 
माओवादी 
दिनमणी पोखरेल महान्यायाधीवक्ता
डिएन पराजुली  यसअघि सिफारिस 

नेकपा एमाले 
रमेश बडाल 
महेश पौडेल

नेपाली कांग्रेस 
सुनिलकुमार पोखरेल
खम्वबहादुर खाती
यदुनाथ खनाल 
उच्च अदालत न्यायाधीश 
सारङ्गा सुवेदी 
रत्नबहादुर वागचन्द 
नृपध्वज निरौला 
माधवप्रसाद पोखरेल

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा
सम्बन्धित सामग्री
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्