• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश : एमाले इतरको आँखा ‘उपधारा ५’ तिर

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०८०  २०:३१
1140x725

काठमाडौं- प्रदेश सभाको दोस्रो अवधि सुरु भएको आठौं महिनामै कोशी प्रदेशले चौथो सरकार पाएको छ। सर्वोच्च अदालतको परमादेश अनुसार गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्। दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए तापनि उनको कार्यकाल ३० दिनभन्दा पर जानेमा आशंका व्यक्त भएका छन्। सरकारको निरन्तरताका लागि कार्कीले तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ।

कोशी प्रदेश सभामा नेकपा एमालेसँग बहुमत छैन। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सिट आवश्यक पर्छ। एमालेलाई राप्रपाले सघाउने अपेक्षा छ। तर सो दलसँग पनि केवल ६ सिट छ। त्यसैले गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र लगायतका दलको साथ लिने एमालेको तयारी छ।

कोशी प्रदेशमा सहकार्यको नयाँ 'मोडालिटी' विकास गरेर जानुपर्ने प्रस्ताव आफूहरूको रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ। ‘हाम्रो प्रयास प्रदेश सभामा उपस्थित सबै दललाई कुनै न कुनै हिसाबले मिलाएर सरकार बनाउने, सहमतिको सरकारका निम्ति हाम्रो प्रयास हुनेछ’, आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने।

एमालेको बढी आशा भने कांग्रेससँग देखिन्छ। आफूहरू प्रारम्भिक चरणको कुराकानीमा भएको र अहिले नै कुनै संकेत प्राप्त नभएको ज्ञवालीले बताए।

कांग्रेसले एमाले सरकारलाई साथ दिने सम्भावना भने प्रदेशमा देखिँदैन। त्यसका तीन वटा प्रष्ट कारण देखिन्छन्। पहिलो- कांग्रेसकै सरकारविरुद्ध एमाले सर्वोच्च अदालत गएको थियो। र परमादेश प्राप्त गरी सरकार आफ्नो हातमा लिएको थियो। आफैंलाई सरकारबाट प्रतिस्थापन गरेको दललाई कांग्रेसले सघाउने सम्भावना देखिँदैन। दोस्रो- कांग्रेस लगायतका दलहरुसँग केन्द्रीय गठबन्धनमा छन्। प्रदेशमा पनि त्यही गठबन्धन छ। केन्द्रीय गठबन्धनलाई बेवास्ता गरेर कांग्रेस एक्लैले एमालेलाई सघाउन कठिन छ। तेस्रो- कार्की नेतृत्वको सरकार ढलेपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ। त्यहाँ आफ्नै दल वा आफू अनुकूलको नेतृत्वमा सरकार गठनको सम्भावना रहन्छ।

आफू नेतृत्वको सरकारले निरन्तरता पाओस् वा यसैले सहमतीय सरकारको स्वरुप ग्रहण गरोस् भन्ने चाहना राख्नु एमालेका निम्ति स्वाभाविक भएता पनि अन्य दलका निम्ति भने त्यो प्राथमिकतामा छैन। कैयौं पटक एमालेको सहयोगी दलको रुपमा देखिँदै आएको राप्रपाले समेत कार्की सरकारलाई नसघाउने बताइसकेको छ। शनिबार मात्रै विराटनगरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले 'परमादेशको सरकार'लाई नसघाउने प्रष्ट पारेका थिए।

राप्रपाकै प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङले पनि अहिलेको सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताए। कोशी सरकारका सम्बन्धमा के गर्ने भन्ने बारेमा केन्द्रीय अध्यक्षलाई नै निर्णय गर्न दिइएको बताउँदै उनले अन्य सम्भावना भने पछि नै खुल्ने बताए।

राप्रपा उपधारा ५ बाट अवसर लिने दाउमा देखिन्छ। ठूला दलहरूबीच एकले अर्कोलाई स्वीकार गर्न कठिनाइ पर्दा राप्रपाबाट मुख्यमन्त्री हुन सक्ने सम्भावना नकार्न सकिँदैन। तत्कालीन समयमा एमालेले लोकेन्द्रबहादुर चन्दलाई र कांग्रेसले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन सघाए जस्तै कोशीमा राप्रपाकै कोही नेता मुख्यमन्त्री बन्न सक्छन्। यद्यपि, कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने स्थिति आयो भने आफूहरूले 'तटस्थता'को अवस्था तोड्ने भनेर राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। जसकारण सो दलले अन्य दललाई सघाउने सम्भावना पनि देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को दल माओवादी केन्द्रले पनि यही सरकारलाई समर्थन दिने सम्भावना न्यून छ। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएकी सपना दर्जीले विश्वासको मत दिने वा नदिने बारेमा पार्टीभित्र छलफल भइनसकेको तर 'अदालतले बनाएको' सरकारलाई समर्थन गर्ने सम्भावना करिब नरहेको बताइन्।

यसअघि नै थापाको नेतृत्वमा सरकार गठनअघि माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयत्न गरेको थियो। त्यतिबेला उसलाई राप्रपाले पनि साथ दिने चर्चा चलेको थियो। तर गठबन्धन आबद्ध दलहरूको केन्द्रीय बैठकले सो प्रदेशमा सरकारको नेतृत्व कांग्रेसले गर्ने निर्णय गरेपछि उसको प्रयत्न असफल भएको थियो। अब उपधारा ५ अनुसार सरकार गठन हुँदा पनि आफूहरूको दाबी रहने दर्जी बताउँछिन्।

‘उपधारा ५ अनुसारको सरकारको नेतृत्वका लागि हाम्रो दाबी रहनु स्वाभाविक हो। यसअघि पनि हामीले दाबी गरेकै हो’, उनले भनिन्, ‘प्रदेश सरकारलाई स्थायित्व दिनका लागि पनि उपधारा ५ अनुसार मिलिजुली सरकार गठनकै आवश्यकता देखिन्छ। त्यतिबेला सबै जसो पार्टीहरु एक ठाउँमा उभिने वातावरण बन्न सक्छ। नत्र त चुनावमै जानुपर्ने हुन्छ।’

उपधारा ५ अनुसारको सरकार गठन र त्यसको निरन्तरता सबै जसो दलको बाध्यता पनि हो। त्यसो हुन सकेन भने मध्यावधिमा होमिनुपर्ने हुन्छ। जुन अहिले कुनै पनि दलको प्राथमिकतामा छैन। सरकार दिन नसकेको मात्रै होइन, प्रदेशको नामाकरण जस्ता अनेक कारणले नेताहरू बदनाम छन्। नौ महिनाअघिको निर्वाचनमा भएका खर्चकै कारण पनि नेताहरूलाई पुनः खर्च गरेर उम्मेदवार हुन कठिन छ। अर्कोतिर, अहिले प्राप्त भएको सिट संख्या जोगाउन सबै जस्तो दलहरूलाई मुस्किल छ। किनकि नयाँ दलप्रति जनतामा आशा कायमै छ।

प्रदेश सभामा ४ सिट रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशको जटिलता हल गर्नका लागि मिलेर जाने वा चुनावमा जाने उपाय मात्रै रहेको बताएका थिए। चुनाव भएमा देशको सम्पत्ति खर्च हुने र राष्ट्रलाई बोझ पर्ने भएकाले सकभर त्यता जानु नपरोस् भनेर कुनै उपाय निकालियोस् भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो। आइतबार ज्ञवालीले पनि मध्यावधि निर्वाचनप्रति आफूहरुको रुचि नभएको बताए।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्