उदयपुर– उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद हुने फैसला सुनाएको छ।
आरोपी युवक बेलका नगरपालिका–५ का १९ वर्षीय सुशान्त मगरलाई अदालतले १८ वर्ष कैदका साथै ६ लाख २० हजार रुपैयाँ जरिवानासमेत हुने फैसला गरेको हो।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार उक्त सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए।
विस २०७८ फागुन १३ गते एक बालिकालाई मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।