• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘भारतले जनतालाई खाना पकाउने ग्यासमा अनुदान दिन्छ, नेपालले किन दिँदैन?’

64x64
कल्पना घिमिरे शुक्रबार, भदौ १५, २०८०  २०:००
1140x725

काठमाडौं– बुधबार भारत सरकारले खाना पकाउने एलपीजी ग्यास सिलिन्डर को मूल्य २ सय भारुले घटायो। मूल्य घट‍ेपछि भारतमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डरको मूल्य ९०३ भारतीय रुपैयाँ (नेपाली १ हजार ४४४.८ रुपैयाँ) भएको छ। उक्त निर्णयले भारतमा ३३ करोडभन्दा बढी उपभोक्ता लाभान्वित भएका छन्।

जबकि भारतमा मूल्य घटेकै दिन नेपालमा भने २३५ रुपैयाँले एलपीजी सिलिन्डर को मूल्यवृद्धि भयो। कारण- भारतबाट एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेर आएको थियो। अब ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ पर्नेछ। भारतमा भन्दा नेपालमा एलपीजी ग्यास सिलिन्डर को मूल्य ४५० रुपैयाँ बढी रहेको छ।

भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी एलपीजी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्‍यो। इन्डियन आयल कर्पोरेशनले ग्यासमा प्रतिसिलिन्डर १८६ रुपैयाँ ४५ पैसाले वृद्धि गरेको भन्दै निगमले प्रतिसिलिन्डर २३५ रुपैयाँ मूल्य बढाएको छ। अब ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ पर्नेछ। निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार ग्यासमा १८६ रुपैयाँ ४५ पैसा, पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेलमा २ रुपैयाँ ४८ पैसाले वृद्धि भएर आएपछि नेपालमा मूल्य बढाइएको निगमले जनाएको छ। 

सर्वसाधारणबाट लुट, पाँचतारे होटललाई १३ प्रतिशत छुट
एलपीजी ग्यासको हकमा भारत सरकारले राष्ट्रिय रुपमा अनुदान दिने गरेको छ। जसकारण आम नागरिकले मूल्यवृद्धिको मार खेप्नुपर्दैन। यसैले बिहीबारबाट त्यहाँ खाना पकाउने ग्यासको मूल्य घटेको छ।

यस्तो अनुदानको व्यवस्थाले निम्नस्तरका उपभोक्ताहरूलाई राहत मिल्ने हुँदा नेपालमा पनि सो व्यवस्था हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपसचिव विष्णु तिमिल्सिना बताउँछन्।

‘नेपालमा पनि अनुदानको व्यवस्था हुनु पर्ने हो। तर सरकारले सर्वसाधारण उपभोक्तालाई मारमा पार्ने गरी मूल्य बढाउने गरेको छ। पर्यटनसँग सम्बन्धित होटल/व्यवसाय र राजदूतावासले प्रतिसिलिन्डर १३ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ। तर आम उपभोक्ता मारमा परेका छन्,’ तिमिल्सिनाले भने।

पाँचतारे होटलले १३ प्रतिशत भ्याट छुट पाउने तर सर्वसाधारण उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यो गलत भएको उनी बताउँछन्। यो व्यवस्था ठीक उल्टो भएको उनको मत छ।

Ncell 2
Ncell 2

‘जसले एकपटक ५० सिलिन्डर किन्ने गरेको छ,  उसले १३ प्रतिशत छुट पाउँछ। जसले एउटा सिलिन्डर किन्न सक्दैन उसले चर्को मूल्य तिर्नुपर्ने बिडम्बना छ,’ तिमिल्सिनाले भने, ‘जो सरकारको पहुँचमा छ उसले फाइदा लिएको हुन्छ। यो कसैले पत्ता लगाउन सक्दैन। ५० वटा सिलिन्डर किनेको हुँदैन। तर बिलमा किनेको देखाएर लिने गरिन्छ।’

तर पर्यटन व्यवसाय क्षेत्रले १३ प्रतिशत छुट पाउने गरेको जानकारी आफूलाई नभएको दाबी निगमको छ। ‘यो त सरकारले बनाएको नीति होला। यसबारे हामीलाई जानकारी छैन। उपभोक्तालाइ त छुट छैन,’ ठाकुरले भने। 

यसकारण ग्यासमा अनुदान दिँदैन सरकार
नेपालमा पनि एलपीजी ग्यासमा अनुदानको व्यवस्था हुनुपर्ने उपभोक्ता अभियन्ताको मत छ। तर ग्यासको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउनेगरी कार्यविधि नै बनाइएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन्।

‘हरेक देशको आफ्नै नियम छ। भारतले एलपीजी ग्यासमा राष्ट्रिय रुपमा अनुदान दिएको छ। जसले गर्दा सर्वसाधारण उपभोक्तालाई सहज भएको छ। नेपालमा पनि  यो व्यवस्था लागू गर्नु पर्ने हो। तर आयातित वस्तुमा यस्तो गर्न असम्भव छ,’ उनले भने।

भारत सरकारसँग रिफाइनर रहेको र सो ग्यास आफै उत्पादन गर्ने भएकाले अनुदान दिइएको ठाकुरको भनाइ छ। नेपालमा आफ्नो उत्पादन भारतबाट ल्याउनुपर्ने भएकाले अनुदान भन्दा पनि विद्युतीय ऊर्जाको प्रयोगमा जोडदिनु पर्ने ठाकुर बताउँछन्।

‘नेपालमा विद्युत उत्पादन प्रशस्त छ। विद्युत भारत पठाएर ग्यास आयात गरिरहेको छ। बाहिर पठाउने विद्युत स्वदेशमै खपत गर्न सकियो भने ग्यास उपयोग कम गर्न सकिन्छ,’ ठाकुरले भने।

सरकारले ग्यास खपत कम गर्न विद्युतीय उपकरणमा अनुदान दिने व्यवस्था गर्नुपर्ने उनले बताए। अहिले ग्यासभन्दा विद्युतीय चुल्लोको प्रयोग सस्तो पर्ने ठाकुरको भनाइ छ।

एउटा ग्यास सिलिन्डर किन्दा ३५  सय रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेकोमा एउटा  विद्युतीय चुल्हो ३ हजारदेखि ३५ सय रुपैयाँमा आउने उनले बताए।  ‘एक पटक किनेपछि पटक/पटक ग्यास भर्दा जस्तो खर्च लाग्दैन। त्यसकारण उपभोक्ताले पनि विद्युतीय चुल्हो रोज्नुपर्‍यो र सरकारले उपभोक्तालाई विद्युतीय उपकरणमा आकर्षण गर्न अनुदानको व्यवस्था गरिदिनु पर्यो,’ उनले भने।

यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव तिमिल्सिनाले पनि विद्युतीय चुल्होको प्रयोगमा जोड दिनुपर्ने बताउँछन्।  सरकारले सहुलियतमा चुल्हो वितरण गर्नुपर्ने उनको भनाइ छ।

‘एलपीजी ग्यासमा अनुदान दिन सक्दैन भने सरकारले विद्युतीय उपकरणमा जोड दिनुपर्छ। भारतलाई सस्तोमा विद्युत बिक्री गरेर भारतबाट मँहगो ग्यास ल्याउँछ। अनि जनतालाई चर्को मूल्यमा बिक्री गर्छ। यसरी सरकारले जनतामाथि अन्याय गरेको छ,’ तिमिल्सिनाले भने।

भारतबाट ग्यास ल्याउँदा नेपालको ठूलो रकम बाहिरिएको र ग्यास आयात रोक्न रकम बाहिरिन बन्द हुने उनले बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासं... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्