• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

हलिउड प्रोजेक्टको कमाइबाट नेपाली फिल्म जोगाउने प्रोड्युसर

64x64
समर्पण श्री शनिबार, भदौ १६, २०८०  १७:३०
1140x725

काठमाडौं– नेपाली फिल्म ‘द रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छानिएको कुरा तपाईंले पक्कै थाहा पाउनुभयो। 

यो खबर पाउने बित्तिकै फिल्मका निर्देशक फिडेल देवकोटाले हाम्रा सहकर्मी फोटो पत्रकार निमेशजंग राईलाई फोनमार्फत् भनेका थिए, ‘तपाईंलाई धन्यवाद।’

निमेशले तीन वर्षअघि आफ्नो क्यामेरामा एउटा यस्तो तस्बिर कैद गरेका थिए, जसले सामाजिक सञ्जालमा धेरैलाई भावविह्लल बनायो। तस्बिरमा विदेशबाट विमानस्थलमा झरेको एउटा लाश बोकेर गुडिरहेको गाडीको पछाडिपट्टी लेखिएको थियो, ‘हाँसीखुसी जिन्दगी चल्छ, मेहेनत गरे नेपालमै सुन फल्छ।’

फिडेलले ३ वर्षदेखि लुकाइरहेको रहस्य सञ्चारमाध्यममा खोलेका थिए, ‘त्यही फोटोले मलाई यो फिल्म बनाउन प्रेरित गरेको थियो।’

फिडेलले देखेको ‘द रेड सुटकेस’ को सपनालाई मूर्तरुप दिने व्यक्ति हुन्, निर्माता रामकृष्ण पोखरेल। 

नेपालमा फरक धारका फिल्म बनाउन निर्देशक वा निर्माताले लिने निर्णय कम चुनौतीपूर्ण छैनन्। ‘द रेड सुटकेस’लाई भेनिससम्म पुर्‍याउने महत्वपूर्ण हातमध्येको एउटा हात उनै रामकृष्णको हो। जो कलात्मक फिल्महरूलाई उद्योगमा जोगाइराख्न दत्तचित्त छन्। चाहे त्यो सुजित बिँडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ होस् वा सौरभ राई निर्देशित ‘गुराँस’। 

यी दुवै फिल्म विश्वका प्रतिष्ठित फेस्टिभलमा पुगे। 

उनले बनाएका सर्ट फिल्महरूले पनि फेस्टिभलहरूमा नेपाललाई पृथक् अनुहारका साथ उभ्याएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

केही महिनाअघि रामकृष्णसँग हामी पानीपोखरीस्थित फिल्ममेकर आकाश पौडेलको ‘वालनट बिस्ट्रो’ मा गफिएका थियौँ। त्यतिबेला उनले आफ्ना फिल्म यात्राबारे विस्तारमा सुनाएका थिए। 

IMG-20230902-WA00041693622774.jpg

०००

तत्कालीन अधिराजकुमारी प्रेरणा शाहको विवाहको डकुमेन्ट्री खिच्न नेसनल जियोग्राफीको टिम नेपाल आएको थियो। त्यो टिमले युके, जोर्डन लगायत विभिन्न देशका राजपरिवारको डकुमेन्ट्री बनाइरहेको रहेछ। नेपालमा अधिराजकुमारीको विवाहबारे थाहा पाएपछि भिडिओ खिच्न उनीहरू नेपाल आएका थिए। 

त्यो टिमले नेपालमा पिक प्रोमोसनसँग सहकार्य गरेको थियो। पिक प्रोमोसनले डकुमेन्ट्री निर्माणका काम गर्दै आएको थियो। 

रामकृष्ण त्यही कम्पनीको जागिरे थिए। 

नेसनल जियोग्राफीको टिममा रामकृष्ण पर्नु चानचुने कुरा थिएन। ‘उनीहरूलाई अनुवादक चाहिएको थियो। एकजना अंग्रेजी टिचरलाई झिकाइयो। तर उनले बोलेको अंग्रेजी जियोग्राफीको टिमले बुझेन। त्यही समय मैले अंग्रेजीमा गरेको संवादले उनीहरूलाई आकर्षित गर्यो,’ रामकृष्ण सम्झन्छन्।

रामकृष्णको अंग्रेजी सुनेपछि डकुमेन्ट्री खिच्ने टिमले भन्यो, ‘हामीलाई राम भए हुन्छ।’

रामकृष्ण एक महिना नेशनल जियोग्राफीको टिमसँग सुटिङमा निस्किए। उनी टिममा कुशल अनुवादक थिए नै। उनको भूमिका यतिमा मात्र सीमित भने रहेन। उनले पहिलो पटक नेशनल जियोग्राफीको डकुमेन्ट्री खिच्ने अवसर समेत पाए।

दक्षिणकाली मन्दिरमा बली दिएको दृश्य खिच्नुपर्ने थियो। गैर–हिन्दुलाई मन्दिरभित्र प्रवेशमा रोक गरियो। विकल्पका रुपमा उनीहरूले रामकृष्णलाई अघि सारे।

‘भित्र गएर तिमी खिच,’ सिनेमाटोग्राफरले क्यामेरा थमाउँदै भने। अनि कसरी खिच्ने भनेर सिकाए। उनले पनि आँट गरिहाले। पहिलो पटक रामकृष्णले नेशनल जियोग्राफी च्यानलको लागि भिडिओ खिचे। ‘पछि पो थाहा पाएँ। मलाई भिडिओ खिच्न सिकाउने व्यक्तिले त अस्करनै जितिसकेका रहेछन्। उनी इन्भेन्टर पनि रहेछन्,’ त्यो अविष्मरणीय क्षणबारे रामकृष्ण सम्झन्छन्।

रामकृष्णले उक्त प्रोजेक्टका लागि गरिएको सम्झौता भन्दा तीन गुणा बढी रकम पाए। ‘मलाई अनुवादक, लोकेसन म्यानेजर र क्यामेरा असिस्टेन गरी तीन भूमिकाको पैसा दिइयो,’ उनी सम्झन्छन्। त्यो पैसाबाट उनले वर्दियामा जमिनसमेत जोडे।

त्यसअघि कहिल्यै नहिँडेको बाटोमा अब रामृष्णको मोह बस्यो। उनलाई क्यामेरा र दृश्यहरूसँग नजिकिन मन लाग्यो।

IMG-20230902-WA00081693622858.jpg

काठमाडौंको विस्केट जात्राको भिडिओ खिच्न नेशनल जियोग्राफीकै अर्को टिम नेपाल आयो। टिममा एकजना इण्डियन फोटोग्राफर थिए भने अर्का अमेरिकन। त्यही टिममा रामकृष्ण पनि थिए। इण्डियन फोटोग्राफरले त्यतिबेला उनलाई १२ हजार आइसी दिँदै भनेका थिए, ‘यो पैसाले राम्रो क्यामेरा किन्नू।’ 

उनले तत्काल सेकेण्ड ह्यान्डको क्यामेरा किने। ‘मामाको छोरीको बिहे थियो। क्यामेराले उहाँको विहेको फोटो खिचेँ। पछि प्रिन्ट गरेर दिँदा दंग पर्नुभयो,’रामकृष्ण सम्झन्छन्।

त्यसपछि त क्यामेरासँग उनको सम्बन्ध प्रगाढ बन्दै गयो।

०००

रामकृष्णको जन्मघर म्याग्दी। बा नापी विभागका कर्मचारी भएकाले सरुवा भइरहन्थ्यो। त्यसकारण उनी सिन्धुपाल्चोकको चौतारामा हुर्के। विसं २०५४ सालमा एसएलसी भने वर्दियाबाट दिए। रिजल्ट आएपछि उनी काठमाडौं आएका थिए।

एसएलसीपछि काठमाडौं जाने सोच उनले स्कुल पढ्दा नै बनाएका थिए।

उनको अंग्रेजी राम्रो थियो। चौतारामा विदेशी पर्यटक ट्रेकिङमा जान्थे। उनीहरूसँग भेट हुँदा रामकृष्ण अंग्रेजीमा संवाद गर्थे। एकदिन उनी स्कुलबाट दिउँसै घर फर्किरहेका थिए। उनको भेट बेलायती जोडीसँग भयो। उनले त्यो जोडीलाई चौतारा बजार घुमाइदिए। 

फर्कने बेला उनीहरूले ठेगाना छाडिदिँदै भने, ‘तिमीले यो ठेगानामा चिठी लेख्नू।’

उनीहरू फर्केपछि रामकृष्णले नियमित चिठी लेख्न थाले। उनी केही विशेष घटना भयो भने चिठी लेखिहाल्थे। उनीहरू रामकृष्णको चिठीको जवाफ आत्मीयतापूर्वक फर्काइरहन्थे। चिठी लेख्ने क्रम वर्दिया पुगेपछि पनि रोकिएन।

स्कुलको अन्तिम वर्षतिर उनले चिठीमा लेखेका थिए, ‘मेरो अब एसएलसी सकियो। म काठमाडौं जान चाहन्छु। तर बा आमाले पठाउँछन् कि पठाउँदैनन्।’

चिठीमा उनीहरूको जवाफ आयो, ‘काठमाडौं जाऊ। हामी तिमीलाई पढ्नका लागि दुई वर्ष स्पोन्सर गर्छौं।’

एसएलसी पास भएर प्रमाणपत्र हात लागेको दिन उनी काठमाडौं हानिए। 

काठमाडौंमा सुरुवाती दिन उनी मामाको छोराहरूसँग बसे। पिपुल्स कलेज भर्ना भए। दोस्रो वर्ष भने उनी कलेज परिवर्तन गरी बाँसबारीस्थित विश्वशान्ति क्याम्पसमा भर्ना भए। पिपुल्स उनको लागि महंगो कलेज थियो। 

‘त्यतिबेला खाजा खान पनि पैसा हुँदैन थियो। खाजा नखाइ बस्थेँ। थोरै पैसा हुँदा पनि सस्तो ठाउँ खोज्दै हिँड्नुपर्थ्यो,’ उनी सुनाउँछन्।

तिनताका पुतलीसडकस्थित एक रेस्टुरेन्टमा क्यासियरको काम पनि गरे। उनको जीवनको पहिलो कमाइ मासिक ३ हजार थियो। सहज नभएपछि त्यो काम छाडिदिए।

आईएको परीक्षापछि उनले एउटा स्टोरमा काम गर्न थाले। त्यहाँ दिनको ८० रुपैयाँ कमाइ हुन्थ्यो। स्टोरमा रेकर्ड राख्नेदेखि गह्रुँगा सामान उचाल्ने लगायतका अनेक काम गर्नुपथ्र्यो। ‘एकदिन लोड गर्ने बेला सामान गोडामा चोट लाग्यो। हजुरआमा आउनुभएको थियो त्यस दिन। मेरो घाउ देखेपछि उहाँले काम छाड्न सम्झाउनुभयो,’ रामकृष्ण सम्झन्छन्।

दसैंपछि आईएको रिजल्ट सार्वजनिक भयो। कलेजमा उनीमात्र पास भएछन्।

अब काठमाडौंमा कुनै सम्भावना नदेखेपछि उनले घर जाने टिकट काटे।  सोचेका थिए, ‘अब फर्कन्न होला।’

त्यहीबेला उनलाई जागिरका लागि एउटा फोन आयो, जुन फोनले उनको जीवनको निर्णय नै बदलिदियो। त्यो कल मामाको छोराको थियो। उनले रामकृष्णलाई जागिरका लागि सिफारिस गरेका थिए।

सन् २००० अक्टोबरबाट उनले ट्रेकिङ कम्पनी पिक प्रोमोसनमा काम सुरु गरे। यो कम्पनीले ट्रेकिङदेखि डकुमेन्ट्री निर्माण लगायतका काम गर्थ्यो।

०००

त्यो कम्पनीमा रामकृष्णले ९ वर्ष बिताए। यो अवधिमा उनले धेरै सम्बन्ध निर्माण गरे। त्यही दौरान उनले नेसनल जियोग्राफीको परियोजनामा काम गर्ने अवसर पाएका थिए।

नेसनल जियोग्राफीको टिमसँग काम गरेपछि फिल्म र डकुमेन्ट्रीतिर रामकृष्णको रुचि बढिसकेको थियो। सन् २००५ तिर ओस्कार कलेजमा उनी फिल्म पढ्न भर्ना भए। राजबल्लभ कोइराला, फिडेल देवकोटा, रामराजा दाहाल, मनोजबाबु पन्त, सुसन प्रजापति, जोएस पाण्डे, सबनम थापा लगायतका फिल्म क्षेत्रका परिचित व्यक्तिहरू त्यतिबेला उनका सहपाठी थिए। 

कलेजमा पहिलो पटक उनको भेट अभिनेता राजबल्लभसँग भएको थियो। उनीसँगै पछि जोडिन आएका सहपाठीहरूसँग अहिले पनि रामकृष्णको सहकार्य जमिरहन्छ।

कलेजमा उनी जुन अपेक्षा लिएर गएका थिए, त्यो पूरा हुन सकेन। ‘थ्योरी धेरै, प्राक्टिकल कम। उसो त विदेशी प्रोजेक्टहरूमा काम गरिसकेको थिएँ। मैले गरेको अपेक्षा कलेजले पूरा गर्न सकेन,’ रामकृष्ण सम्झिन्छन्।

तर चिया पसलमा बसेर साथीहरूसँग गरेको गफ भने प्रभावकारी हुन्थे। सन् ०९ मा जोएस पाण्डेले सर्ट फिल्म बनाउने भए। त्यसमा टिमका साथीहरू मरिमेटेर लागे। पछि त्यही फिल्मको स्क्रिप्टलाई लम्ब्याएर फिचर्ड फिल्म ‘साँघुरो’ बनाए। उनीहरूले निर्माण गरेको यो फिल्मले फिल्म क्षेत्रमा नयाँ आशा जगायो। 

०००

सन् २००९ मा उनले पिक प्रोमोसनको जागिर छाडे। राजीनामा दिएर बाहिर निस्कनासाथ अनुहारमा चिन्ताका रेखी देखिन थाले। ‘अब भोलिदेखि के गर्ने,’ यही सोचले उनी छट्पटाए।

रामकृष्ण सिंगापुर जाँदा चाइनाको ट्राइपड कम्पनीले नेपालमा उक्त सामान विक्री गर्न प्रस्ताव गरेको थियो। तर त्यसका लागि पनि पैसा थिएन। रामकृष्णले अमेरिकामा बसेका साथीलाई भने, ‘मलाई ३ हजार डलर सहयोग गरिदेऊ।’ साथीले तुुरुन्तै पठाइदिए। 

त्यसपछि उनले चाइनबाट ट्राइपड ल्याएर बेच्न सुरु गरे। 

उनले आइसफल प्रोडक्सन नामको कम्पनी पनि दर्ता गरे। उनले फिल्म मेकिङ र टुरिजमको अनुभवलाई जोडेर काम गर्ने सोच बनाए। 

जागिर छाडेकै वर्ष तिहारको समयमा उनलाई अस्ट्रियाबाट एउटा प्रस्ताव आयो, ‘हामी एउटा प्रोजेक्ट नेपालमा सुरु गर्दैछौँ। तिमीसँग सहकार्य गर्न चाहन्छौँ।’

मान्छे मरिसकेपछि जे जे प्रक्रिया अपनाइन्छ। त्यसबाट गुजारा चलाउने मान्छेको कथाबारे डकुमेन्ट्री बनाउने परियोजना थियो। त्यो प्रोजेक्ट सफल भयो। त्यसपछि दोस्रो प्रोजेक्ट बीबीसीको ‘जेल अबरोड’बारे डकुड्रामा सिरिज थियो।

यसरी उनको आफ्नै कम्पनीबाट लगातार विदेशी प्रोजेक्टहरू आउन थाले। आइसफलले गरेको ठूलो प्रोजेक्ट मध्येको एक हो सन् २०१७को जापनिज फिचर फिल्म ‘एभरेस्ट : द समिट अफ द गड’ फिचर फिल्म। उसो त ‘अ माउन्टेन टु क्लाइम्ब’ले दिएको सन्तुष्टि उनीसँग। यो फिल्मले एमी अवार्डसमेत पाएको थियो।

यसरी हलिउड, बलिउड गरी थुप्रै प्रोजेक्टमा काम गरिसकेपछि आइसफलले छुट्टै पहिचान बनाइसकेको छ। 

रामकृष्ण बीबीसी, नेशनल जियोग्राफी, डिस्कभरी, पिभिएस लगायत युरोप अमेरिकाका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला प्रोजेक्टमा काम गरेर मात्र अघाएनन्। 

IMG-20230902-WA00071693622928.jpg

नेपालका मौलिक फिल्महरू निर्माण गरेर त्यसलाई प्रोत्साहन गर्ने उद्देश्य पनि थियो उनको। ‘यति धेरै विदेशी फिल्ममा काम गर्यौं। अब नेपाली मौलिक फिल्मलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्यो,’ रामकृष्ण भन्छन्।

त्यसपछि उनी नेपाली मौलिक फिल्म निर्माणमा लागिपरे। 

आइसफल प्रोडक्सनका ‘कथा ०७२’, ‘रेड फ्यालेस’, ‘ऐना झ्यालको पुतली’, ‘द रेड सुटकेस’, ‘गुँरास’ जस्ता फिल्मले एउटा उदाहरण नै पेस गरेका छन्, ‘नेपालमा पनि सुन्दर मौलिक सिनेमा बन्छन्।’

‘यी फिल्मबाट मैले पैसा कमाएँ कमाइनँ त्यो अर्को पाटो भयो। तर सन्तुष्टि भने जरुर मिलेको छ,’ रामकृष्ण ढुक्कसाथ भन्छन्।  **

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्