• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
निर्वाचन कानुन व्यापक संशोधनको तयारी

निर्वाचन मिति अब कानुनमै तोकिने, स्थानीय तहमा एक मात्र उम्मेदवार उठाए महिला अनिवार्य

64x64
ईश्वर बराल सोमबार, भदौ ११, २०८०  १७:१३
1140x725

काठमाडौं– निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनमा व्यापक संशोधन गर्ने भनेको छ। मौजुदा कानुनहरूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउने तयारी गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले यसअघि रहेका निर्वाचनसम्बन्धी विभिन्न ७ कानुनलाई एकीकृत गरी छुट्टै कानुन बनाउन लागिएको छ। कानुनहरू एकीकरण गर्दा मौजुदा कानुनमा गर्नुपर्ने संशोधन पनि गरिएको थपलियाले बताए। आयोगले तयारी गरेको एकीकृत मस्यौदा हाल गृह मन्त्रालयमा अध्ययन भइरहेको र छिट्टै संसद्‌मा दर्ता हुने विश्वास रहेको उनले जनाए।

आयोगले निर्वाचनर्लाइ व्यवस्थित र नियमित गर्न संविधान बमोजिम कानुनमै केही नीतिगत व्यवस्था गर्न लागेको छ। तयार  मस्यौदामा निर्वाचन हुने मितिलाई कानुनमै राख्ने देखि महिलाको सहभागीताको लागि दलहरूलाई बाध्यकारी गराउने सम्म रहेको प्रमुख आयुक्त थपलियाले उल्लेख गरेका छन्। 

आयोगले प्रस्ताव गरेको मस्यौदामा निर्वाचन हुने मिति कानुनमै राख्ने तयारी गरेको छ।

कसको निर्वाचन कहिले?
प्रतिनिधि सभा/प्रदेश सभा/स्थानीय सरकारको निर्वाचन– निर्वाचन परिणाम घोषणा भएको ४ वर्ष ११ महिना पछिको अन्तिम आइतबार।
राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन– पदावधि समाप्त हुनुभन्दा ३ दिनअघि
राष्ट्रिय सभा सदस्य– कार्यकाल समाप्त हुने एक महिना अघिको पहिलो आइतबार

मौन अवधिको समय घटाउने
आयोगले मौन अवधिको समय घटाउन प्रस्ताव गरेको छ। अहिले ४८ घण्टा अघिदेखि रहिरहेको मौन अवधि अब २४ घण्टाअघिबाट लागू गर्ने प्रस्ताव आयोगको छ। 

जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावालीमा नाम समावेश
आयोगले प्रस्ताव गरेको मस्यौदामा जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम समावेश गर्न सकिने उल्लेख छ। त्यस्तै, विदेशमा रहेका नेपालीको नामावली विदेशमै गएर विवरण संकलन गर्ने आयोगको प्रस्ताव छ। 

समानुपातिकतर्फ संसारभरिका नेपालीले मत हाल्न पाउने
आयोगले तयार गरेको मस्यौदा अनुसार समानुपतिक निर्वाचन प्रणालीतर्फ देशभित्रै आफ्नो निर्वाचन क्षेत्र भन्दा अन्यत्र रहेका नेपाली र विदेशमा रहेका नेपालीले पनि मत हाल्न दिने प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीले भने नेपाली नियोगमा गएर मत हाल्नु पर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

कसुरदार उम्मेदवार बन्न नपाउने
आयोगले मैस्यादा गरेको कानुनमा भ्रष्टचारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएका वा सुरु अदालतबाट भ्रष्टाचारी ठहर भएको र पुनरावेदनमा विचाराधीन रहेकाहरूले उम्मेदवार बन्न नपाउने लेखेको छ। अहिलेको निर्वाचन कानुनमा उम्मेदवार बन्न पाउने व्यवस्था छ। जसअनुसार मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ सांसद बने पनि निलम्बनमा परेका थिए।

त्यस्तै, कांग्रेसकै अर्का उम्मेदवार विजय गच्छदार पनि भ्रष्टचार कसुरमा मुद्दा चल्दै गर्दा सुनसरी ५ बाट उम्मेदवार बनेका थिए। निर्वाचनको कानुनले नरोके पनि त्यस्ता कसुरदारहरूलाई संसद्‌मा निर्वाचित भएमा संसद्को नियमावलीले मुद्दामा सफाइ नपाउन्जेल निलम्बन गर्ने प्रवधान छ। 

यस्तै, आयोगले प्रस्ताव गरेको कानुनमा संघीय संसद्, प्रदेश संसद् वा स्थानीय सरकारमा पराजित भएका उम्मेदवारहरू सोही क्षेत्रमा उपनिर्वाचन भएमा मात्र पुन: उम्मेवदार हुन नपाउने उल्लेख छ। सो कार्यकाल पुरा नहुन्जेल एक पटक पराजित भएमा पुन: उम्मेदवार हुन नपाउने प्रस्ताव गरेको हो। 

अर्को दलबाट उम्मेदवार बन्न पुरानो दलबाट प्राप्त पद त्याग्नुपर्ने
निर्वाचन आयोगले प्रस्ताव गरेको मस्यौदा अनुसारै कानुन बनेमा अब एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति सो दलको पद त्याग नगरी अर्को दलको तर्फबाट उम्मेदवार हुन नपाउने भएका छन्। अहिलेको संसद्‌मा परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेबाट सांसद बनेका छन् भने नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव माअ‍ोवादी केन्द्रबाट सांसद बनेका छन्। त्यस्तै, निर्वाचनताका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, आयोगले तयार गरेको मस्यौदा कानुनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने, स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एक पदमा मात्र उम्मेदवार दिन परे अनिवार्य महिला हुनुपर्ने, वडामा दलित महिला सदस्य नभए अल्पसंख्यक महिला भए पनि ल्याउनु पर्ने, दलहरूले एक भन्दा बढी उम्मेदवारहरूलाई उम्मेदवारी दर्ता गर्न लगाए सबै बदर हुने, समानुपातिक तर्फ आयोगलाई एक पटक बुझाएको सूची नै अन्तिम हुने, मतगणना मतदान स्थलमै गर्ने प्रबन्ध गर्ने, समानुपातिक मत मात्र हाल्न पाउनेले अग्रिम मतदान गर्न पाउने र निर्वाचनको दिन सार्वजनिक यातायात चल्न दिने जस्ता प्रवाधानहरू थप्न लागिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन्। 

‘नो भोट’को व्यवस्था
अब हुने निर्वाचनमा मतपत्रमै ‘नो भोट’ (कसैलाई मत दिन्न) भन्ने व्यवस्था पनि लागू हुने भएको छ। 

कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने (नोटा) गरी मतदातालाई तोकिए बमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न लागिएको आयोगले प्रस्तावित मस्यौदामा उल्लेख छ। यस्तै, यदि सबै उम्मेदवारलाई अस्वीकार गर्छु भन्ने मत सदर मतको ५१ प्रतिशत बढी भएमा निर्वाचन नै रद्द हुने प्रवाधान राख्न आयोगले प्रस्ताव गरेको मस्यौदामा राखिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। 

शासकीय सुधारका लागि प्रणाली सुधार आवश्यकः प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त थपलियाले शासकीय सुधारका लागि निर्वाचन प्राणलीमा सुधार ल्याउन कानुन संशोधन र थप गर्न लागिएको बताए। आफूहरूले नागरिकको आवाज र अदालतको मार्गदर्शन अनुसार नयाँ कानुनको मस्यौदा गरेको र संसद्हरूले पनि सकारत्मक सुझावका साथ अनुमोदन गर्ने विश्वास गरेको थपलियाले जनाएका छन्। 

सो कानुनको मस्यौदाको बारेमा सोमबार संचारकर्मीसँग छलफल गर्दै आयुक्त थपलियाले उक्त कुरा बताएका हुन्। 

‘शासकीय व्यवस्था सुधार गर्ने हो भने विद्यमान निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ,’ त्यसको औचित्यबारे प्रष्ट पार्दै थपलियाले भने, ‘धेरै कानुन र कतिपय अस्पष्ट प्रवाधानहरूलाई हामीले एकीकृत गर्नुका साथै प्रष्ट पार्ने मस्यौदा गरेका छौं। संसद्‌बाट छिट्टै पारित भएर कानुन बन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्