काठमाडौं– गायिका समीक्षा अधिकारीले आफ्नो दिदीसँग जोडेर लेखिएका भ्रामक समाचार तथा तथा समाजिक सञ्जालमा आएका पोस्टप्रति आपत्ति जनाएकी छन्।
समीक्षा अष्ट्रेलियिन सरकारको कालोसूचीमा परेको भन्दै अनलाइन समाचार तथा सामाजिक सञ्जालमा पोस्टहरू आइरहेका थिए।
उनले यो भ्रामक समाचार भएको भन्दै तथ्यहीन कुरा नलेखिदिन आग्रह गरेकी छन्। उनले आफू अँध्यारो समयलाई बिर्सेर अगाडि बढ्न खोज्दै गर्दा बदनाम गराउन गराएको भन्दै नगिजोल्न आग्रह गरेकी छन्।
‘मेरो व्यक्तिगत कुराहरू हुन्छन् मेरो अनुमतिविना मेरो भिसाको स्टाटस चेक गर्न तपाईं बसेको देशको कानुनले दिन्छ। मसँग एकचोटि सोधेको भए दिदीको बारेमा मै तपाईंहरूलाई बताउँथें। मेरो दिदीले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दैछन्। दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनुस्। सक्नुहुन्छ २ वटा मीठा शब्द बोलिदिनुस्, जसले मनोबल बढाओस्। सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस्,’ उनले लेखेकी छन्।
उनले आफ्नो कुनै गल्ती नभएको र नबुझी प्रहार गरेको भन्दै दु:खेसो पोखेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।