Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

प्रिगोजिनअघि यसरी मारिएका थिए पुटिनका यी आलोचकहरू

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १९:०७
1140x725

एजेन्सी- रुसको निजी सैनिक कम्पनी ‘वागनर समूह’का प्रमुख येवगेनी प्रिगोजिन एउटा विमान दुर्घटनामा मारिएका आशंका गरिएको छ। रुसी राजधानी मस्कोको उत्तर-पश्चिमको टभर क्षेत्रमा बुधबार भएको निजी विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ। जसमा प्रिगोजिन पनि सवार रहेको बताइएको छ। 

भाडाका सैनिक ‘वाग्नर समूह’सँग जोडिएको सामाजिक सञ्जालले प्रिगोजिन सवार निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ। ग्रे जोन टेलिग्राम च्यानलले ‘रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप’ प्रिगोजिन मारिएको भन्दै एउटा सन्देश साझा गरेको छ। 

प्रिगोजिनले जुनमा रुसको सशस्त्र सेनाविरुद्ध विद्रोह गरेका थिए। विद्रोह घोषणा गर्दै वागनर सेनाले रुसको रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको घोषणा गरेको थियो।  

रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको दाबी गरेको वागनर सेना राजधानी मस्कोतर्फ पनि अगाडि बढेको थियो।  विद्रोहपछि रुसी राष्ट्रपति पुटिनले वागनर समूहले देशद्रोह गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए। 

पछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले गरेको मध्यस्थताले वागनर समूहका सेनाको मस्को यात्रा रोकिएको थियो। 

बुधबार भएको दुर्घटना प्राविधिक कारणले भएको हो वा गराइएको हो भन्ने पुष्टि भएको छैन। यद्यपि, उक्त दुर्घटना रुसले गराएको हुनसक्ने आशंका पनि गरिएको छ। हालै पुटिन सरकारविरुद्ध प्रिगोजिनले गरेको विद्रोहका कारण उनी मारिएको हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि पुटिनको आलोचना गर्ने १२ जना भीभीआईपीको रहस्यमी मृत्यु भएको थियो।

रुस-युक्रेन युद्ध सुरु भएयता पुटिनको आलोचना गर्ने ३ व्यवसायीको रहस्यमयी मृत्यु भएको छ। उनीहरू सबै सन् २०२२ मा मारिएका हुन्।

डान रापोपोर्ट
युद्ध सुरु भएपछि व्यवसायी डान रापोपोर्टले सामाजिक सञ्जालमार्फत् पटक-पटक पुटिनको आलोचना गरेका थिए। अगस्टमा उनको रहस्मयी हत्या भयो। अमेरिकास्थित वासिङ्टनमा आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

रविल म्यागानोभ
सेप्टेम्बरमा पुटिनको आलोचना गर्ने अर्का व्यापारी रविल म्यागानोभको पनि रुसमा झ्यालबाट खसेर मृत्यु भयो। उपचारका क्रममा अस्पतालमा रहे‍का म्यागानोभको हत्या कसले गरेको भन्ने अझै खुलेको छैन। युद्ध सुरु भएलगत्तै उनले खुलेरै पुटिनको आलोचना गरेका थिए।

पावेल एन्टोनोभ
ठीक म्यागानोभ जसैगरी झ्‍यालबाट खसेर मृत भेटिएका अर्का व्यवसायी हुन् पावेल एन्टोनोभ। उनी रुसका सबैभन्दा धनी राजनीतिज्ञ थिए। युद्धको विरोध गरी पुटिनको आलोचना गरेपछि भारत भ्रमणका क्रममा उनको डिसेम्बरमा रहस्मयी मृत्यु भयो। उनले ह्वाट्सएपमा पुटिनलाई मेसेज गरेर युद्ध जायज नभएको लेखेको बताइएको छ। तर पछि उनले उक्त मेसेज डिलिट गर्दै अरु कसैले आफ्नो ह्वाट्एसपबाट मेसेज पठाएको बताएका थिए। भारतको ओडिशा राज्यस्थित एक होटलको १२औँ तलाबाट खसेर डिसेम्बरमा उनको मृत्यु भएको थियो।

मिखाइल लेसिन
सन् २०१५ नोभेम्बरमा रुसका तत्कालीन सञ्चारमन्त्री मिखाइल लेसिन अमेरिकाको वासिङ्टनस्थित एक होटलको कोठामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिए। उनले रुसमा अँग्रेजी भाषाको रसिया टुडे टेलिभिजन सञ्चालन गरेका थिए। डेली बिस्टको रिपोर्टअनुसार उनले उक्त टेलिभिजनमा भ्रष्टाचारविरोधी अभियान चलेको थियो। उक्त कार्यक्रमका कारण उनी शक्तिशाली बन्दै गएका थिए। 

बोरिस नेम्टसोभ
रसियाका पूर्वप्रधानमन्त्री बोरिस नेम्टसोभको पनि सन् २०१५ मा हत्या भएको थियो। उनी पुटिनका कट्टर आलोचक थिए। पुटिन कुलीनहरूको पैसामा शक्तिशाली बनेको र उनीहरूका फाइदाका लागि काम गरिरहेको आरोप उनको थियो। क्रेमलिनको एक रेस्टुरेन्टबाट यार्डस्थित घर फर्किनेबेला उनको पिठ्युमा अज्ञात व्यक्तिले ४ राउन्ड गोली प्रहार गरी हत्या गरेको थियो।

बोरिस बेरेस्भोस्की
रुसका अर्बपति थिए बोरिस बेरेस्भोस्की। पुटिनसँग सम्बन्ध बिग्रिएपछि उनी ब्रिटेन भागेका थिए। उनले निर्वासनमा रहँदै पुटिनलाई पुटिनलाई सिध्याइदिने धम्की दिएका थिए। सन् २०१३ मा एक अपार्टमे‍न्टमा उनी मृत भेटिए। बाथरुममा घाँटीमा चोट रहेको अवस्थामा उनको शव भेटियो। तर उनको मृत्यु कसरी भयो भन्ने रहस्य खुल्न सकेन।

नटालिया एस्टेमिरोभा
नटालिया एस्टेमिरोभा रुसी पत्रकार थिइन्। उनले चेन्चन्या राज्यमा रुस सरकारले मानवअधिकार उल्लं‌घन हुनेगरी गरेका गम्भीर विषयको रिपोर्टिङ गरेकी थिइन्। सन् २०१९ मा घरनजिकैबाट अज्ञात समूहले उनको अपहरण गर्‍यो। पछि उनको शव जंगलमा कञ्चटमा गोली लागेको अवस्थामा भेटिएको थियो।

पोलितकोव्स्काया र मार्केलोभ 
अन्ना पोलितकोव्स्काया पुटिनको आलोचना गर्ने मानवअधिकारवादी लेखक तथा पत्रकार थिइन्। उनले ‘पुटिनको रसिया’ पुस्तकमा पुटिनको खरो आलोचना गरेकी थिइन्। उक्त पुस्तकमा पुटिनले रुसलाई प्रहरी राज्यमा बदल्न खोजेको आरोप लगाएकी थिइन्। सन् २००६ मा एक लिफ्टमा नजिकैबाट गोली हानी हत्या भयो। उक्त हत्यामा अदालतले ५ जनालाई दोषी ठहराएको थियो। पोलितकोव्स्कायालाई मार्नका लागि अज्ञात व्यक्तिले उनीहरूलाई १ लाख ५० हजार डलरको सुपारी दिएको खुलेको थियो।

पोलितकोव्स्कायाकै समूहमा थिए अधिवक्तासमेत रहेका स्टानिस्लाभ मार्केलोभलगायतका पत्रकारहरू। उनीहरू सबै पुटिनका आलोचक थिए। पोलितकोव्स्कायाको हत्या भएको तीन वर्षपछि सन् २००९ मा मार्केलोभलाई अज्ञात व्यक्तिले गोली हानेर हत्या गर्‍यो। उनीसँगै रहेकी अर्की पत्रकार अनास्तासिया बाबुरोभालाई पनि गोली लागेर घाइते भएकी थिइन्।

सर्गेई प्रोटोनसेन्या
पुटिनको आलोचनापछि देश छाड्न बाध्य भएका थिए व्यवसायी सर्गेई प्रोटोनसेन्या। पुटिनको आलोचनापछि उनी रुस छाडेर स्पे‍न बसाइँ सरेका थिए। त्यहाँ सन् २००३ मा प्रोटोनसेन्याको सपरिवारको हत्या भयो। एक अपार्टमेन्टमा उनीसहित उनकी श्रीमती र २ छोराको शव फेला पर्‍यो।

अलेकजेन्डर लित्विन्को
रुसको राज्य सुरक्षा समितिका सदस्य लित्विन्को पुटिनका कट्टर आलोचक थिए। अन्ना पोलितकोव्स्कायाको हत्या गर्न पुटिनले आदेश दिएको आरोप उनले लगाएका थिए। सन् २००६ मा लण्डनस्थित एक होटलमा उनले चिया पिए। उक्त चिया पिएको एक साता नबित्दै उनको मृत्यु भयो। पछि पोस्टमार्टम रिपोर्टमा उक्त चियामा जहर मिसाइएको पुष्टि भएको थियो।

पउल क्लेबनिकोभ
पउल क्लेबनिकोभ फोर्ब्स रसिया पत्रिकाका प्रधान सम्पादक थिए। उनले भ्रष्टाचारबारे लेखेर धनी रसियनहरूको यथार्थ देखाएका थिए। उनले पुटिनविरुद्ध पनि कलम चलाएका थिए। सन् २००४ मा ‘कन्ट्याक्ट किलर’ले गोली हानी उनको हत्या गरेको रुसी पत्रकारहरूको संरक्षक समूहले जनाएको छ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक || LIVE||
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य
सम्बन्धित सामग्री
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १... बिहीबार, वैशाख ३१, २०८३
चीनमा अमेरिकी राष्ट्रपति: ट्रम्प ले गरे सीको प्रशंसा, तपाईं मेरो राम्रो साथी र एक महान नेता हो ट्रम्प र सी जिनपिङबीच द्विपक्षीय वार्ता जारी छ । भ्रमणक्रममा यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध रहेको र कुन... बिहीबार, वैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् । बिहीबार, वैशाख ३१, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक || LIVE|| सोमबार, जेठ ४, २०८३
सुधन गुरुङलाई चोख्याउन खोजिएको कांग्रेसको आशंका सोमबार, जेठ ४, २०८३
सन्दीप र ललितको कसिलो बलिङ, नेपालले पायो १ सय ९४ रनको सामान्य सोमबार, जेठ ४, २०८३
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्