• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

प्रिगोजिनअघि यसरी मारिएका थिए पुटिनका यी आलोचकहरू

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०८०  १९:०७
1140x725

एजेन्सी- रुसको निजी सैनिक कम्पनी ‘वागनर समूह’का प्रमुख येवगेनी प्रिगोजिन एउटा विमान दुर्घटनामा मारिएका आशंका गरिएको छ। रुसी राजधानी मस्कोको उत्तर-पश्चिमको टभर क्षेत्रमा बुधबार भएको निजी विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ। जसमा प्रिगोजिन पनि सवार रहेको बताइएको छ। 

भाडाका सैनिक ‘वाग्नर समूह’सँग जोडिएको सामाजिक सञ्जालले प्रिगोजिन सवार निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ। ग्रे जोन टेलिग्राम च्यानलले ‘रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप’ प्रिगोजिन मारिएको भन्दै एउटा सन्देश साझा गरेको छ। 

प्रिगोजिनले जुनमा रुसको सशस्त्र सेनाविरुद्ध विद्रोह गरेका थिए। विद्रोह घोषणा गर्दै वागनर सेनाले रुसको रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको घोषणा गरेको थियो।  

रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको दाबी गरेको वागनर सेना राजधानी मस्कोतर्फ पनि अगाडि बढेको थियो।  विद्रोहपछि रुसी राष्ट्रपति पुटिनले वागनर समूहले देशद्रोह गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए। 

पछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले गरेको मध्यस्थताले वागनर समूहका सेनाको मस्को यात्रा रोकिएको थियो। 

बुधबार भएको दुर्घटना प्राविधिक कारणले भएको हो वा गराइएको हो भन्ने पुष्टि भएको छैन। यद्यपि, उक्त दुर्घटना रुसले गराएको हुनसक्ने आशंका पनि गरिएको छ। हालै पुटिन सरकारविरुद्ध प्रिगोजिनले गरेको विद्रोहका कारण उनी मारिएको हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि पुटिनको आलोचना गर्ने १२ जना भीभीआईपीको रहस्यमी मृत्यु भएको थियो।

रुस-युक्रेन युद्ध सुरु भएयता पुटिनको आलोचना गर्ने ३ व्यवसायीको रहस्यमयी मृत्यु भएको छ। उनीहरू सबै सन् २०२२ मा मारिएका हुन्।

डान रापोपोर्ट
युद्ध सुरु भएपछि व्यवसायी डान रापोपोर्टले सामाजिक सञ्जालमार्फत् पटक-पटक पुटिनको आलोचना गरेका थिए। अगस्टमा उनको रहस्मयी हत्या भयो। अमेरिकास्थित वासिङ्टनमा आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

रविल म्यागानोभ
सेप्टेम्बरमा पुटिनको आलोचना गर्ने अर्का व्यापारी रविल म्यागानोभको पनि रुसमा झ्यालबाट खसेर मृत्यु भयो। उपचारका क्रममा अस्पतालमा रहे‍का म्यागानोभको हत्या कसले गरेको भन्ने अझै खुलेको छैन। युद्ध सुरु भएलगत्तै उनले खुलेरै पुटिनको आलोचना गरेका थिए।

पावेल एन्टोनोभ
ठीक म्यागानोभ जसैगरी झ्‍यालबाट खसेर मृत भेटिएका अर्का व्यवसायी हुन् पावेल एन्टोनोभ। उनी रुसका सबैभन्दा धनी राजनीतिज्ञ थिए। युद्धको विरोध गरी पुटिनको आलोचना गरेपछि भारत भ्रमणका क्रममा उनको डिसेम्बरमा रहस्मयी मृत्यु भयो। उनले ह्वाट्सएपमा पुटिनलाई मेसेज गरेर युद्ध जायज नभएको लेखेको बताइएको छ। तर पछि उनले उक्त मेसेज डिलिट गर्दै अरु कसैले आफ्नो ह्वाट्एसपबाट मेसेज पठाएको बताएका थिए। भारतको ओडिशा राज्यस्थित एक होटलको १२औँ तलाबाट खसेर डिसेम्बरमा उनको मृत्यु भएको थियो।

मिखाइल लेसिन
सन् २०१५ नोभेम्बरमा रुसका तत्कालीन सञ्चारमन्त्री मिखाइल लेसिन अमेरिकाको वासिङ्टनस्थित एक होटलको कोठामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिए। उनले रुसमा अँग्रेजी भाषाको रसिया टुडे टेलिभिजन सञ्चालन गरेका थिए। डेली बिस्टको रिपोर्टअनुसार उनले उक्त टेलिभिजनमा भ्रष्टाचारविरोधी अभियान चलेको थियो। उक्त कार्यक्रमका कारण उनी शक्तिशाली बन्दै गएका थिए। 

बोरिस नेम्टसोभ
रसियाका पूर्वप्रधानमन्त्री बोरिस नेम्टसोभको पनि सन् २०१५ मा हत्या भएको थियो। उनी पुटिनका कट्टर आलोचक थिए। पुटिन कुलीनहरूको पैसामा शक्तिशाली बनेको र उनीहरूका फाइदाका लागि काम गरिरहेको आरोप उनको थियो। क्रेमलिनको एक रेस्टुरेन्टबाट यार्डस्थित घर फर्किनेबेला उनको पिठ्युमा अज्ञात व्यक्तिले ४ राउन्ड गोली प्रहार गरी हत्या गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बोरिस बेरेस्भोस्की
रुसका अर्बपति थिए बोरिस बेरेस्भोस्की। पुटिनसँग सम्बन्ध बिग्रिएपछि उनी ब्रिटेन भागेका थिए। उनले निर्वासनमा रहँदै पुटिनलाई पुटिनलाई सिध्याइदिने धम्की दिएका थिए। सन् २०१३ मा एक अपार्टमे‍न्टमा उनी मृत भेटिए। बाथरुममा घाँटीमा चोट रहेको अवस्थामा उनको शव भेटियो। तर उनको मृत्यु कसरी भयो भन्ने रहस्य खुल्न सकेन।

नटालिया एस्टेमिरोभा
नटालिया एस्टेमिरोभा रुसी पत्रकार थिइन्। उनले चेन्चन्या राज्यमा रुस सरकारले मानवअधिकार उल्लं‌घन हुनेगरी गरेका गम्भीर विषयको रिपोर्टिङ गरेकी थिइन्। सन् २०१९ मा घरनजिकैबाट अज्ञात समूहले उनको अपहरण गर्‍यो। पछि उनको शव जंगलमा कञ्चटमा गोली लागेको अवस्थामा भेटिएको थियो।

पोलितकोव्स्काया र मार्केलोभ 
अन्ना पोलितकोव्स्काया पुटिनको आलोचना गर्ने मानवअधिकारवादी लेखक तथा पत्रकार थिइन्। उनले ‘पुटिनको रसिया’ पुस्तकमा पुटिनको खरो आलोचना गरेकी थिइन्। उक्त पुस्तकमा पुटिनले रुसलाई प्रहरी राज्यमा बदल्न खोजेको आरोप लगाएकी थिइन्। सन् २००६ मा एक लिफ्टमा नजिकैबाट गोली हानी हत्या भयो। उक्त हत्यामा अदालतले ५ जनालाई दोषी ठहराएको थियो। पोलितकोव्स्कायालाई मार्नका लागि अज्ञात व्यक्तिले उनीहरूलाई १ लाख ५० हजार डलरको सुपारी दिएको खुलेको थियो।

पोलितकोव्स्कायाकै समूहमा थिए अधिवक्तासमेत रहेका स्टानिस्लाभ मार्केलोभलगायतका पत्रकारहरू। उनीहरू सबै पुटिनका आलोचक थिए। पोलितकोव्स्कायाको हत्या भएको तीन वर्षपछि सन् २००९ मा मार्केलोभलाई अज्ञात व्यक्तिले गोली हानेर हत्या गर्‍यो। उनीसँगै रहेकी अर्की पत्रकार अनास्तासिया बाबुरोभालाई पनि गोली लागेर घाइते भएकी थिइन्।

सर्गेई प्रोटोनसेन्या
पुटिनको आलोचनापछि देश छाड्न बाध्य भएका थिए व्यवसायी सर्गेई प्रोटोनसेन्या। पुटिनको आलोचनापछि उनी रुस छाडेर स्पे‍न बसाइँ सरेका थिए। त्यहाँ सन् २००३ मा प्रोटोनसेन्याको सपरिवारको हत्या भयो। एक अपार्टमेन्टमा उनीसहित उनकी श्रीमती र २ छोराको शव फेला पर्‍यो।

अलेकजेन्डर लित्विन्को
रुसको राज्य सुरक्षा समितिका सदस्य लित्विन्को पुटिनका कट्टर आलोचक थिए। अन्ना पोलितकोव्स्कायाको हत्या गर्न पुटिनले आदेश दिएको आरोप उनले लगाएका थिए। सन् २००६ मा लण्डनस्थित एक होटलमा उनले चिया पिए। उक्त चिया पिएको एक साता नबित्दै उनको मृत्यु भयो। पछि पोस्टमार्टम रिपोर्टमा उक्त चियामा जहर मिसाइएको पुष्टि भएको थियो।

पउल क्लेबनिकोभ
पउल क्लेबनिकोभ फोर्ब्स रसिया पत्रिकाका प्रधान सम्पादक थिए। उनले भ्रष्टाचारबारे लेखेर धनी रसियनहरूको यथार्थ देखाएका थिए। उनले पुटिनविरुद्ध पनि कलम चलाएका थिए। सन् २००४ मा ‘कन्ट्याक्ट किलर’ले गोली हानी उनको हत्या गरेको रुसी पत्रकारहरूको संरक्षक समूहले जनाएको छ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या इथियोपियाली अर्थोडक्स तेवाहेदो चर्चको धर्मसभाले यो हत्यालाई आफ्ना नागरिकहरूमाथि गरिएको अत्यन्तै दुखद क्रूरता र पीडाको संज्ञा दिएको छ... मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे... मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्