टोकियो– जापान सरकारले परणमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरेको छ। जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी बिहीबारदेखि प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो।
स्थानीय समयानुसार जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो। प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनीले समुद्रमा पानी फाल्न सुरु गरिएको बताएको छ।
पानी फाल्न शुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले बिरोध जनाएका छन्। टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८०० टन दूषित पानी समुद्रमा फालिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।