काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन्।
चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्। भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ। यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु, मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।