एजेन्सी- संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलिँदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या एक सय १५ पुगेको छ। एक हजार एक सय जना अझै बेपत्ता भएका छन्।
भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका संघीय जाँच ब्युरो (एफबीआई)ले जनाएको छ। एफबीआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ।
सूचना तथा जानकारी संकलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा शुरु गरिएको जनाउँदै एफबीआईले पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ।
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बन्ने गरेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्।
सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।