काठमाडौं– अभिनेता विपिन कार्की आजबाट ४१ वर्ष पूरा भए। सन् १८८२ मा मोरङमा जन्मिएका विपिन नेपाली फिल्म क्षेत्रमा भर्सटाइल अभिनेताका रुपमा चिनिन्छन्। आजको समयको सबैभन्दा व्यस्त अभिनेता पनि मानिन्छन् उनी।
रंगमञ्च पृष्ठभूमिबाट फिल्म क्षेत्रमा प्रवेश गरेका विपिन फिल्म ‘पशुपतिप्रसाद’को भष्मे डन चरित्रबाट चर्चामा आएका थिए। यो दसैंमा ‘पशुपतिप्रसाद’को सिक्वेल बन्दैछ। ‘पशुपतिप्रसाद २ भष्मे डन’मा भष्मे डन लिड क्यारेक्टरमा छ। केहीदिनअघि फिल्मको पोस्टरमा भष्मे डनको चरित्रलाई लिएर सामाजिक सञ्जालमा चर्चा चलेको थियो।
सोही दिन सार्वजनिक भएको ‘एक भगवत् गीता’को पोस्टरमा विपिन त्याचलैंगिक अवतारमा थिए। यो अवतारले पनि प्रशंसकबाट प्रशंसा पाएको थियो।
विपिन यसैवर्ष ‘फूलबारी’, ‘प्रसाद २’ लगायतक फिल्ममा देखिएका थिए। उनले अभिनय गरेको फिल्म ‘रेड सुटकेश’ भेनिस फिल्म फेस्टिभलमा समेत छनोट भयो।
यो वर्ष विपिनले साइन गरेका दुई फिल्म ‘महाजात्रा’ र ’ऊनको स्वीटर’ अर्को प्रतिक्षित फिल्म हुन्। ‘महाजात्रा’ उनको लिड क्यारेक्टर रहेका ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल हो। यसको निर्देशन प्रदीप भट्टराईले गर्दैछन्। ‘ऊनको स्वीटर’ भने आर्टमाण्डुका निर्देशक नवीन चौहानले गर्दैछन्।
विपिनले दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। उनले अभियन गरेका अधिकांश फिल्म चर्चाभन्दा बाहिर छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।