बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो।
प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो। नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिP.
झाडीमा भेटिएको नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ। नवजात शिशु बालक रहेको बताए। नवजात शिशु कसले फालेको हो, भन्ने बारेमा जानकारी प्रहरीले लिइरहेको छ। नवजात शिशुलाई झाडीमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।