काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अभियुक्तहरुविरुद्ध अनुसन्धानका लागि थप तीन दिनको म्याद थप भएको छ।
अहिलेसम्म पक्राउ परेकाहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याएको थियो।
सीआईबीले म्याद थपका लागि सिफारिस लिन सरकारी वकिल कार्यालयमा पुर्याएको थियो। सरकारी वकिलको कार्यालयको सिफारिसपछि सीआईबीले जिल्ला अदालत लगेको थियो।
जिल्ला अदालतले तीन दिन म्याद थप गरेको हो। यसैगरी सीआईबीले आज सोमबार पनि यो प्रकरणको फाइल नबुझाउने भएको छ। थप डकुमेन्टेसनको काम बाँकी रहेकाले आज फाइल बुझाउन सम्भव नभएको भन्ने जानकारी सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।