काठमाडौं– बलिउडमा ‘ओएमजी २’ बक्स अफिसमा सफल बनिरहेको छ।
तर फिल्मका मुख्य अभिनेता पंकज त्रिपाठी भने यतिबेला शोकमा छन्। उनका बा पण्डित बनारस तिवारीको निधन भएको छ। उनी ९८ वर्षका थिए। उनले आफ्नै गाउँ बेलसण्डमा अन्तिम सास लिए। पंकज त्रिपाठी बासँग निकै नजिक थिए। बाको निधनले निकै दु:खी छन्।
पंकज त्रिपाठी बिहारको गोपालगञ्ज क्षेत्रका बासिन्दा हुन्। करिअरका कारण मुम्बईमा बस्दै आएका उनका बा आमा गाउँमै बस्दै आएका थिए। 'म्यासेबल'सँगको कुराकानीमा पंकज त्रिपाठीले एकपटक आफ्नो बालाई आफ्नो उपलब्धिमा कुनै चासो नरहेको बताएका थिए। छोरा पंकज त्रिपाठीले चलचित्र क्षेत्रमा के काम गर्छ भन्ने पनि उनलाई थाहा थिएन।
पंकज त्रिपाठीका अनुसार उनका बुबा एक पटक मात्र मुम्बई पुगेका थिए। उनलाई मुम्बईका ठूला घर र भवनहरू मन परेनन्। पंकजले बुबा कहिल्यै कुनै थिएटरमा फिल्म हेर्न नगएको बताएका थिए। घरमा पनि छोराको फिल्म कसैले टिभी वा कम्प्युटरमा देखाएमा मात्रै उनी हेर्ने गर्थे।
केही समयअघि पंकज त्रिपाठीले आफ्नी आमा र बुबाका लागि टिभी सेट राखेका थिए ।
०१८ मा भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’लाई दिएको एक अन्तर्वार्तामा पंकज त्रिपाठीले उनका बा छोरा अभिनेता बनोस् भन्ने चाहना नरहेको बताएका थिए।
बाको चाहना छोरा पढेर डाक्टर बनोस् भन्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।