काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतका लागि विपक्षी दल एमाले र राप्रपालाई पत्र पठाएका छन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिनका लागि सोमबार प्रदेश सभा बैठक बोलाइएको छ। त्यसकै लागि थापाले पत्र पठाएर एमाले र राप्रपासँग विश्वासको मत दिन पत्रमार्फत् आग्रह गरेका हुन्।
यता नेकपा एमालेका कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत दिन आग्रह गर्दै मुख्यमन्त्रीको पत्र प्राप्त भएको र मत दिने वा नदिने भन्ने निर्णय लिन सोमबार बिहान संसदीय दलको बैठक राखिएको जानकारी दिए।
मुख्य मन्त्रीले विश्वासको मत लिन लागेपछि असफल बनाउन एमाले र राप्रपा दुवैले आफ्ना जेष्ठ सदस्यलाई बिदामा राखेका छन्। एमालेका सात र राप्रपाका २ सांसदले घरायसी कारण देखाउँदै प्रदेश सभामा अनुपस्थित हुने निवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।