• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेश विवाद :

विश्वासको मत फेल गराउने एमाले रणनीति, अघिल्लो दिनै बुझायो सात सांसद अनुपस्थितिको निवेदन 

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०८०  १८:३७
1140x725

काठमाडौं– सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने विश्वासको मत फेल गराउने रणनीति लिएको छ।

विश्वासको मत लिनु अघिल्लो दिन नै एमालेले आफ्ना सात जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै मुख्यमन्त्रीलाई अप्ठ्यारोमा पारेको छ। 

एमालेका ६ सांसद भने ‘घरायसी समस्या’मा परेका कारण प्रदेश सभा उपस्थित हुन नसक्ने निवेदन दिएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। ‘आइतबार छ जना सांसदहरुले बिदाको निवेदन दिनु भएको छ,’ भण्डारीले भने, ‘यसअघि १ जना सांसद  नै विदेश भ्रमणमा जानु भएकाले उहाँ पनि उपस्थित हुन नसकिने जानकारी गराएका छौं।’

यसरी घरायसी समस्या देखाएर बिदामा बस्ने सबै सांसदहरू ज्येष्ठ सदस्यहरू छन्। गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान भएको छ। बैठकमा प्रदेश सभामा ज्येष्ठ सदस्य रहेका ६ जना सांसदहरू अनुपस्थित हुने भएपछि एमालेको रणनीति विश्वासको मत फेल गराउने रहेको देखिन्छ।

एमालेको रणनीतिमा राप्रपाले पनि साथ दिएको छ। राप्रपाका सांसदहरू अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि ‘घरायसी समस्या’मा परेर सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुनेगरी  निवेदन दर्ता गराएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

एमालेबाट निर्वाचित सांसद रहेकी हालकी उपसभामुख सिर्जना दनुवार पनि प्रदेश सभा बैठकका अनुपस्थित हुने बुझिएको छ। उनी अनुपस्थित भएको खण्डमा ज्येष्ठ सदस्यहरूले बैठकको अध्यक्षता गर्नुपर्ने नियम छ। तर, आफ्ना सबै ज्येष्ठ सदस्यहरू अनुपस्थित गराएर एमालेले प्रदेश सभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण गर्न लागेको हो। तर भोलिको वैठक सभामुख नभएपछि उपसभामुखले सञ्चालन गर्ने दाबी भण्डारीले गरे।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका सांसद अम्बरबहादुर विष्टले पनि बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएपछि सत्ता गठवन्धन अप्ठ्यारोमा परेको छ। यसरी बिदामा बसेका एमालेका सांसदहरूमा रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी छन्। एमालेका सांसद ईश्वरचन्द्र दुलाल बिदा लिएर यसअघि नै अमेरिका भ्रमणमा गएका थिए। उनी फर्केका छैनन्।

प्रदेश सभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ। तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ। नियमावली अनुसार उपसभामुख पनि अनुपस्थित भएको अवस्थामा अध्यक्ष मण्डलमा बाँकी रहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले बैठक सञ्चालन गर्नुपर्नेछ। उनीहरु गठबन्धनका सांसद हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने एमाले रणनीति देखिन्छ। यस्तो भएमा ज्येष्ठ सदस्यको १३ औं नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेश सभाको अध्यक्षता गर्नुपर्ने छ। उनी बैठकको अध्यक्ष भएमा सत्ता गठवन्धनको ४६ सांसद हुने छ। विश्वासको मतका लागि ४७ सांसद आवश्यक हुने भएकाले सत्ता गठबन्धन अप्ठ्यारोमा परेको हो।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, कात्तिक २२, २०८३
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्