• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘देउडा रत्न’बाट सम्मानित महेश, जसले पस्किरहेका छन् देउडामा अलग्गै स्वाद

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ ६, २०८०  ११:०९
1140x725

काठमाडौं– देउडा गायक महेशकुमार औजी ‘देउडा रत्न २०८०’ बाट सम्मानित भएका छन्। हिमाल डेन्टल अस्पतालले दिने गरेको १ लाख २५ हजार १ सय ५१ रुपैयाँको सम्मानबानट उनी सम्मानित भएका हुन्।

सुदूरपश्चिमको बैतडीमा जन्मेका महेशको बाल्यकाल संगीतमय थियो। उनका बुबा मोहन औजी पनि गीत गाउँथे। बुबाले गाएको गीतसुन्न खुब रुचाउँथे महेश। 

गीत सुन्दासुन्दै देउडाका टुक्का गुन्गुनाउने बानी पर्‍यो उनलाई। ‘स्कुलको कार्यक्रममा पनि गीत गाउन थालेँ। मैले गाउँछु भन्ने थाहा पाएपछि सांगीतिक कार्यक्रममा देउडा गाउन मलाई बोलाइन्थ्यो,’ महेशले सम्झिए, ‘यसरी म पटक पटक गाउँदा पुरस्कृत पनि भएँ।’

महेशले ५०० भन्दा बढी देउडा गीतमा स्वर भरेका छन्। आफ्नै शब्द, संगीत होस् या अरुले लेखेका शब्द। उनको सुरिलो भाकालाई मन पराएरै देउडा सर्जकहरू समेत महेशलाई रोजाइमा राख्थे।

‘सात छुट्यो पिरती टुट्यो’, कलेजी कटाउने माया, अनिता यही विराना देश म त, सुदूरपश्चिम स्वर्ग सरी, घुम बादल अपिका रोल, निउतो दिएइ, जय हो जन्मभूमि मेरी, घुम्टो ओडी लाज माण्याकी, पूजा मुइ कहाँ गरुँ, डोली चढी तैंत गई, डाली मैना, साली भिना, लैजा परान लगायत उनका दर्जन भन्दा बढी गीत चर्चित छन्। 

उनले देउडाबाहेक लोकगीत पनि गाएका छन्। ‘दशैं आयो, तिहार आयो’ भन्ने लोकगीत श्रोताहरूले निकै मन पराए। साथै उनले आधुनिक गीतमा समेत स्वर भरेका छन्। 

तर उनको विशेष लगाव  देउडामै रह्यो। 

विसं २०५५मा ‘परदेशीको सम्झना’ नामक देउडा कोसेलीबाट उनले सांगीतिक यात्रा सुरु गरे। एल्बम्का ६ मध्ये ३ वटा गीत बाले लेखेका थिए। र आवाज पनि बुवाले नै भरेका थिए। बाँकी ३ गीत महेशले लेखे र आवाज पनि आफैंले भरे।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा महेश बुबाको परिचयबाट चिनिन्थे। अहिले आफ्नो नाम र गीतबाट उनी सुदूरपश्चिमलाई चिनाउँछन्। बुबासँगै आफूले देउडामा गरेको संघर्ष सहज चाहिँ थिएन। ‘मैले गाएको गीत चल्दै गयो। मायाहरू बढ्न थाले। हौसला पनि थपिँदै गयो,’ महेश भन्छन्।

महेश आफ्नो गीतमा माया प्रेममात्र मिसाउन्नन्, सुख, दुःख, पीडा, वेदना पनि समावेश गर्छन्।  

महेशले देउडामा आफ्नै पहिचान र मौलिकता भेट्छन्। देउडामार्फत् गरिने सवाल जवाफमा उनको दिलचस्पी छ। 

उनी बाल्यकालमा खेलेका देउडाबारे सम्झन्छन्, ‘सानो हुँदा साउन महिनामा रातभर देउडा खेलेका छौँ। त्यतिबेला गाउँभरि देउडा खेल्ने चलन थियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय महेशको एउटा चिन्ता छ, ‘देउडा गीत लोप हुँदै जाने त होइन?’

‘पछिल्लो समय स्थानीय तहका कार्यक्रममा पनि देउडालाई प्राथमिकतामा राखेको पाइन्न। गीतलाई हामीले ब्यानरमा मात्र सीमित राखेका छौँ,’ उनी चिन्ता व्यक्त गर्छन्। 

महेशलाई लाग्छ, देउडा सांस्कृतिक धरोहर हो। यसको संरक्षणमा सरकारले पनि पहल गर्नुपर्ने बताउँछन् उनी।

प्रत्येक वर्ष सुदूरपश्चिममा महोत्सव हुन्छ। तर देउडा प्राथमिकतामा नपर्दाको दुखेको छ उनीसँग। र देउडा गाउने स्थानीय कलाकारलाई बेवास्ता गरेको गुनासो पनि। 

‘नजिकको तीर्थ हेला’ भनेझैं देउडा जगेर्ना गर्नेहरूलाई गरिएको हेला उनलाई चित्त बुझेको छैन। भन्छन्, ‘स्थानीय कलाकारको सम्मान नभई देउडाको संरक्षण गर्न सकिन्न।’ 

आधुनिकताका नाममा भित्रिएका विकृतिले देउडा संस्कृतिमा असर परेको बुझाइ महेशको छ। ‘हामीले हाम्रो मौलिकतालाई जोगाएनौं भने पहिचान के त?’ उनको प्रश्न छ। 

हाम्रो आफ्नै मेलोडीलाई बिर्सनु नहुने बताउँछन् महेश।

महेश गीत संगीतमा झन-झन् भविष्य देख्छन्। उनी यसलाई अझै व्यावसायिक बनाएर लैजान सकिने पनि बताउँछन्। त्यसका लागि नयाँ सिर्जना पेस गर्नुपर्ने बुझाइ महेशको छ। 

र उनको प्रयास पनि गायनमा अलग्गै स्वाद पस्कनुमा नै देखिन्छ। 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्