काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयान अधुरो र अपूरो रहेको टिप्पणी गरेका छन्। सीआईबीले कसैको आदेश सुन्न नहुने तर्क समेत लामिछानले गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भनेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ।’
ललिता निवास प्रकरणमा निर्णयकर्ता पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान नलिएर अदालतमा फाइल दर्ता गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।