• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तेह्रौं शताब्दीको शिव मन्दिर पुनः निर्माण

64x64
रासस शनिबार, भदौ २, २०८०  १४:३६
1140x725

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औं शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ। नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो।

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औं शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो। पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ।

मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए। 

‘पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो’, उनले भने,  ‘तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौं।’ 

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उनले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिए।  ‘नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ’, उनले भने, ‘गएको फागुनमा मन्दिर निर्माण सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौं।’ 

कैलाश सन्यास आश्रममा भेटिएको १३औं शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताए।  ‘विसं २०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए’, उनले भने,  ‘त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो।’ 

बुद्धको मूर्ति पुरातत्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताए।  ‘मन्दिर पुनः निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो’, उनले भने,  ‘विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुनः निर्माण गर्ने बताएको छ।’ 

नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेषमात्र देखिएको उनले बताए।  ‘हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गर्नुभएको हो, हामी सानै थियौं’, उनले भने,  ‘त्यतिबेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरु देखिन्थे।’ 

Ncell 2
Ncell 2
nimb
nimb

धर्तीपुत्रका रुपमा रहेका यहाँका आदिवासी थारू समुदायसमेत मन्दिर नदेखेको बताउँछन्। सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबालेसमेत यहाँ मन्दिर नदेखेको बताए।  ‘यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ’, उनले भने,  ‘यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन।’

पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताए। यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ।  ‘यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ’, उनले भने,  ‘पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाटसमेत व्यापारी यहाँ आउने गरेका थिए।’ 

सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्त्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताए। ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उनको भनाइ छ।  ‘यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ’, उनले भने,  ‘साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम ५० हजार बढी सङ्कलन हुने गरेको छ।’

पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उनले बताए। मन्दिर सञ्चालनका लागि एक करोडको अक्षयकोष निर्माण गर्नेगरी समिति अगाडि बढेको भन्दै उनले हालसम्म अक्षयकोषमा ७५ लाख जम्मा भइसकेको बताए। 

 ‘आश्रममा एकजना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आउनुभएको छ’, उनले भने,  ‘यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर निःशुल्क भोजन ग्रहण गर्नुहुन्छ।’ पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ।

सिख्रौलीघाटको ठीक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ। सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्त्व बढ्ने स्थानीयको बुझाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिन... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्