काठमाडौं- राप्रपा अध्यक्ष राजेद्र लिङ्देनले कोशी प्रदेशको सन्दर्भमा सत्तापक्षलाई गम्भीर आरोप लगाएका छन्। उनले विश्वासको मतका लागि मन्त्री पद र १० करोडको प्रस्ताव आएको बताएका छन्।
कोशीका मुख्यमन्त्री उद्धव थापाले सोमबर विश्वासको मत लिँदैछन्। हाल उनी सत्तापक्षका सम्पूर्ण ४७ सांसदको मतसहित सत्तामा छन्। जुन अंक बहुमतका लागि पुग्ने संख्या हाे।
अध्यक्ष लिङ्देनले सत्तापक्षले राप्रपालाई अफर गरेको संकेत छन्। ६ सांसदसहित प्रदेश सभामा हाल विपक्षी मोर्चामा रहेको राप्रपालाई सत्ता पक्षले समेट्ने प्रयासमा छ।
सोही सन्दर्भलाई लक्षित गर्दै लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, 'पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडाैंसम्मै आइपुग्यो त।'
लिङ्देनकाे उक्त आरोपबारे बुझ्न नेपाललाइभले गरेको सम्पर्कमा उनले यसबारे थप खुलेर भन्न चाहेनन्। 'कतिपय साथीभाइलाई अप्ठ्यारो किन पार्नु। मन्त्री र पैसाको अफर गरेको जानकारी प्राप्त भयो। अहिलेलाई त्यत्ति नै हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।