काठमाडौं- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी विचार र सिद्धान्तका हिसाबले सही ठाउँमा रहेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
उनले आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य हासिल गर्न आर्थिक समृद्धि सिर्जना गर्नुपर्ने बताए। उनले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताए।
‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौँ। हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो,’ उनले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन। समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ। हामी पार्टी बलियो हुने मिसनमा लागौँ। हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौँ ।’
उनले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे। उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो। यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।