काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन्। शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा उनले यस्तो बताएका हुन्।
२०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेकाले कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने उनले बताए। पार्टीलाई विधि अनुसार चलाउन अघि बढाउनुपर्ने उनकाे भनाइ थियाे।
नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले सकारात्मक सन्देश नागरिकहरूमा बाँड्नुपर्ने बताए।
कांग्रेस अहिले पनि कमजाेर नभएकाे दाबी गर्दै उनले केही सुधार भने गर्नुपर्ने भनाइ राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।