डडेल्धुरा- डडेल्धुराको आलितालमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ।
आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट शुक्रबार बेहोस अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि जोगबुडा अस्पताल पुर्याइएको थियो।
जोगबुडा अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।