एजेन्सी- भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।
बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो। स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उनको ढोका ढकढक्याएर उनकाे नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। गाेली प्रहारबाट यादवकाे घटनास्थलमै मृत्यु भएको थियाे।
बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।