झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूका कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको बताएका छन्। झापाको बिर्तामोडमा शुक्रबार आयोजित कार्यक्रममा उनले देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताए।
यसैगरी उनले नेकपा एमालेले गरेको सदन अवरोधमा पनि असन्तुष्टि जनाए। जनताको थलो संसद्लाई बन्धक बनाउन नमिल्ने उनको भनाइ थियो। उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।
‘जनताका धेरै कुरा उठाउनुछ, चाँडोभन्दा चाँडो सदन खुलाउनूरस्,’ उनले भने, ‘सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ। अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन।’
सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सबोधन गरेका थिए। सभापति लामिछानेको झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।