एजेन्सी- स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधबारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ। डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
सुख्खा क्षेत्र र तिव्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ। क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए। डढेलो कसरी लाग्यो भन्नेकुरा अझैसम्म स्पष्ट हुन सकेको छैन।
आगो १७ हजार ५ सय बासिन्दा रहेको शहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो। आगोका कारण सो क्षेत्रबाट करिव १५० जना बिस्थापित भएका छन्। क्षतिको तथ्यांक आइसकेको छैन। करिब २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेको छैन।
युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (ईएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।