कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापा (बायाँ) र उपसभामुख सृजना दुनुवार काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रलाई भदौ ४ गतेको बैठकमा पेस गर्न तोक लगाएकी छन्।
मुख्यमन्त्री थापाले भदौ ३ गते, आइतबार विश्वासको मत लिने भनेर प्रदेश सभामा पत्र पठाएका थिए। प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले मुख्यमन्त्रीको पत्रलाई भदौ ४ गते, सोमबारको बैठकमा पेस गर्न भनेर उपसभामुखबाट तोकादेश भएको जानकारी दिए।
संविधानको धारा १८८ को उपधारा १ अनुसार थापाले आफूलाई प्रदेश सभा सदस्यहरुको विश्वास रहेको छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा निवेदन दिएका हुन्।
थापाको उक्त निवेदनउपर निर्णयका लागि सभामुखले समय तोक्नु पर्ने संवैधानिक व्यवस्था छ। तर सभामुख रिक्त रहेको र कार्यबाहक सभामुखको हैसियतमा उपसभामुखक दनुवारसमक्ष निवेदन पेस गरिएको हो।
साउन १६ गते मुख्यमन्त्री भएका थापाले भदौ १४ गतेसम्ममा विश्वासको मत लिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।