काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बेलायतका र भियतनामका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
बिहीबार आयोजित एक समारोहमा उक्त देशमा राजदूतले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।
संयुक्त अधिराज्य (बेलायत)का तर्फबाट आवसीय राजदूत रोबर्ट डोमीनीक रुसेल र भियतनामका तर्फबाट गैरआवसीय राजदूत न्यूग्एन थान हाइले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।
उक्त समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यलयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।